• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सन्दीप लामिछानेको चकाचक एक वर्ष

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  ०७:४६
1140x725

काठमाडौं– गत नोभेम्बरमा राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने (१८) बंगलादेश प्रिमियर लिग (बिपिएल) को ड्राफ्टमा परेको समाचारले ठूलै चर्चा पायो। किनकि नेपाली खेलाडी विदेशी टी–२० लिगको ड्राफ्टमा पहिलो पटक परेका थिए। अक्सनमा उनलाई कुनै पनि टिमले आफ्नो टिममा भित्र्याउन चासो नदेखाउँदा विदेशी लिग खेल्ने पहिलो खेलाडी बन्ने अवसर भने उनले त्यतिबेला पाएनन्। 

दुई महिनापछि सन्दीप अर्को टी–२० फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को पनि ड्राफ्टमा परेका थिए। यसपटक पनि सुखद् समाचार आउन सकेन। एक महिना बित्न नपाउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरियो। पहिलो चरणको सूचीमा सन्दीप थिएनन्। सूची दर्ता गराउने प्रक्रिया लामो भएकाले सन्दीप आइपिएलको पहिलो चरणको सूचीमा अटेनन्। विशेष अनुरोध गरेपछि सन्दीप अक्सन सूचीमा पर्न सफल भए।

सन्दीप आइपिएलको अक्सन सूचीमा परेदेखि नै उनको चर्चा हुन थालेको थियो। किनकि सन्दीप र अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कबीच विशेष सम्बन्ध थियो। क्लार्कसँगकै सम्बन्धका कारण सन्दीपले १६ वर्षको उमेरमै अन्तर्राष्ट्रिय मिडियामा कभरेज पाए। यसपछि उनले फ्रेन्चाइज लिग खेल्नका लागि कदम चालेका थिए।  

आइपिएलमा क्लार्कसँग राम्रो सम्बन्ध भएका रिकी पोन्टिङ दिल्ली डेयरडेभिल्सका प्रशिक्षक थिए। यस्तै नेपाली यू–१९ टिमका कन्सल्ट्यान्ट प्रशिक्षक मोन्टी देसाङले पनि सन्दीपबारे आइपिएलमा लबिङ गरेका थिए। नभन्दै सन्दीपलाई दिल्लीले ३२ लाख नेपाली रुपैयाँमा आबद्ध गर्‍यो। त्यसपछि सन्दीपको व्यावसायिक करिअरले गति लिन थाल्यो। क्रिकेट जगत्‌मा  नेपाली 'सेन वार्न'को रुपमा चर्चित भए।

दिल्लीको टिममा आबद्ध भए पनि उनले सुरुवाती खेलमा मौका पाउन सकेनन्। लगातार कमजोर प्रदर्शन गरेको दिल्ली आइपिएलको पहिलो चरणबाटै बाहिरिएपछि सन्दीपले बाह्रौं खेलमा मौका पाए। 

उनी क्लबस्तरीय क्रिकेटमा संसारकै ठूलो प्रतिस्पर्धा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली बनेका थिए। आइपिएलमा समावेश मात्र भएनन्, डेब्यू खेलमै विश्वभरिबाट प्रशंसासमेत कमाए।

विश्वका चर्चित खेलाडी विराट कोहली तथा एबी डिभिल्लर्सलाई समेत हैरान बनाउने गरी बलिङ गरे उनले। सन्दीपले आइपिएलका पछिल्ला ३ खेलमा ५ विकेट लिएका थिए। १६.४ को औसतमा बलिङ गरेका सन्दीपको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

आइपिएलकै दौरान सन्दीपले विश्व क्रिकेटमा अर्को महत्वपूर्ण अवसर पाए। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) उनलाई विश्वका स्टार खेलाडीहरुको टिममा राखेको थियो।

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय मैत्रीपूर्ण खेलका लागि आइसिसी विश्व ११ टिममा पनि सन्दीपले स्थान पाए।

‘क्रिकेटको घर’ मानिने लर्डस्‌मा गत जेठ १७ गते भएको खेलको पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले कप्तानी गरेका थिए। जहाँ भारतका दिने कार्तिक, पाकिस्तानका सोयब मल्लिक, अफगानिस्तानका रसिद खान, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्युजिल्यान्डका मिचेल म्याकलेनघान र लुक राची जस्ता विश्व क्रिकेटमा चर्चित खेलाडीसँगै सन्दीपले खेल्ने मौका पाए। 

सन्दीप आइपिएलका लागि छनोट भएलगत्तै वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। ५ हजार डलरमा आबद्ध भएका उनी गत महिना नेदरल्यान्डविरुद्धको एकदिवसीय सिरिज खेलेर वेस्ट इन्डिज पुगे। जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५ खेलमा ७ विकेट लिन सफल भए। 

Xtrem

Xtrem

सन्दीपले जुनमा आयोजना भएको ग्लोबल टी–२० क्यानडा लिगमा पनि समावेश भएका थिए। उनलाई मोन्ट्रियल टाइगर्सले ४० हजार डलरमा भित्र्याएको थियो। जहाँ उनले ५ खेलमा ८ विकेट लिएका थिए। 

सन्दीपको व्यावासायिक करिअर यतिकैमा रोकिएन। उनी सोमबार अफगानिस्तान प्रिमियर लिग (एपिएल) का लागि समेत छनोट हुन सफल भए। युएईको दुबईमा भएको अक्सनमा सन्दीपलाई नान्गहरले आफ्नो टिममा १५ हजार अमेरिकी डलरमा आबद्ध गरेको हो।

अन्तर्राष्ट्रिय खेलमा पनि सन्दीपले नेपालका लागि ठूलो योगदान दिए। गत फेब्रुअरीमा नामिबियामा भएको आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताको सर्वाधिक १७ विकेट लिएका सन्दीप म्यान अफ दि सिरिज बनेका थिए। डिभिजन–२ मा क्यानडा विरुद्धको महत्वपूर्ण खेलमा करण केसीसँग दसौं विकेटका लागि सन्दीपले गरेको नटआउट ४२ रनको साझेदारीको अहिले पनि प्रशंसा हुने गरेको छ। प्रतियोगितामा नेपाल दोस्रो हुँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छानिएको थियो। एकदिवसीय विश्वकप छनोटमा पनि सन्दीपले सन्तोषजनक प्रदर्शन गरेका थिए। मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमार्फत नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको थियो। 

सोमबार सिजनको चौथो टी–२० फ्रेन्चाइज लिगमा छनोट भएपछि सन्दीपले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, 'सफलता साँच्चै मिठो हुन्छ। पूर्ण समन्वय, सहयोग र साथले सफलता मात्र मिठो सफलता प्राप्त हुन्छ।'

उनले नान्गहर टिम र अफगानिस्तान प्रिमियर लिगको हिस्सा बन्न पाउँदा खुसी लागेको पनि बताए।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका बिहीबार, असोज ८, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्