नयाँ दिल्ली– विक्की कौशलको छवि हरेक भूमिकामा फिट हुने नायकको छ। उनको कमेडी शैली मात्र अचम्मको छैन, उनी एक्सन हिरो पनि हुन्।
'उरी' मा शत्रुको बेस ध्वस्त गर्ने यी नायक वा 'भूत' मा प्रेतवाधित जहाजमा जाने यी नायक वास्तवमा एउटा अचम्मको कुराबाट डराउँछन्। विक्की कौशल यस्तो ठाउँमा जान डराउँछन् जहाँ स्टार मात्रै होइन आम मानिस पनि जानुपर्ने हुन्छ।
उनलाई सुटिङका लागि मात्र होइन बिहेका लागि पनि डर लाग्ने ठाउँमा जानुपरेको थियो।
एक टक शोमा आएका विक्की कौशलले आफ्नो यो अनौठो डरको बारेमा खुलेर कुरा गरे। धेरै पुरानो इतिहाससँग जोडिएका हेरिटेज होटलदेखि आफू डराएको उनले बताए। विशेष गरी ती होटलहरूमा भएका चित्रहरूले उनीहरूलाई धेरै तर्साउँछन्। डरका बाबजुद पनि फिल्मको सुटिङका क्रममा उनलाई त्यही होटलमा बस्न लगाइयो जहाँ उनले डरमा रात बिताए।
यसैबीच होटलको बत्ती पनि निभ्यो। जेनेरेटर अन नहुँदासम्म उनी डराइरहे।
विक्कीलाई जुन होटलमा बस्न डर लाग्छ, त्यही होटलमा उनी आफ्नै बिहेका लागि जानुपरेको थियो।
कट्रिना कैफ र विक्कीले आफ्नो विवाहको लागि राजस्थानको जुन होटल छनोट गरेका थिए, त्यो सात सय वर्ष पुरानो किल्ला थियो। जसलाई विलासी होटलको रुप दिइएको छ।
यो होटल राजस्थानको सवाई माधोपुरमा अवस्थित छ। उनीहरु दुवैले ९ डिसेम्बर २०२१ मा विवाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।