काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन कात्तिक १६ गतेदेखि हुने भएको छ। सोमबार राति सम्पन्न केन्द्रीय समितिको बैठकले कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। स्थानबारे पछि निर्णय गरिने केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
उम्मेदवारको उमेर हदबन्दी ३२ वर्ष लागू गर्ने भनिएकोमा त्यसलाई हटाइएको छ। अब उम्मेदवार बन्न उमेर बाधक हुनेछैन।
बैठकका निर्णयहरु यस्ता छन् :
- अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीहरुको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका बिषयहरु समेटेर सबैसँग आवश्यक समन्वय गरी भदौ २७ गतेभित्र संघको संशवधित विधान, नियमावली २०७५ नेपाली कांग्रेस पार्टीलाई बुझाउने।
- विधान, नियमावली पार्टीबाट अनुमोदन भएपछि लगत्तै क्याम्पस, जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निम्न बमोजिम अधिवेशन गरिने–
असोज ७ देशैभरका मावि र क्याम्पस अधिवेशन
असोज १२ गाउँपालिका, उप/महा/नगरपालिका अधिवेशन
असोज १५ मा प्रदेश क्षेत्र अधिवेशन
असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिवेशन
असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन
कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन
कात्तिक १६ गते महाधिवेशन उद्घाटन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।