• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सयपत्री नबिकेर खेर गयो? यस्ता सामग्री बनाएर पनि लिन सकिन्छ आम्दानी  

64x64
कल्पना घिमिरे मंगलबार, मंसिर ५, २०८०  ०६:५१
1140x725
फाइल तस्बिर

काठमाडौं– यो वर्षको तिहारमा ८० प्रतिशत सयपत्री फूल नेपाली उत्पादनले धान्ने अनुमान गरिएको थियो। फ्लोरिकल्चर एसोसिएसनले २० प्रतिशत सयपत्री फूल बाहिरबाट आयात गर्नुपर्ने प्रक्षेपण गरेको थियो। 

एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङको भनाइ थियो, ‘तिहारमा करिब ४० लाख मालाको माग हुने अनुमान छ। ३५ लाख माला नेपाली उत्पादन हुन्छ। बाँकी ५ लाख माला आयात गर्दा तिहारमा फूलको अभाब झेल्नु पर्दैन।’ 

मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि पुष्पविकास केन्द्रले पनि कात्तिक १ गतेदेखि अर्को सूचना नआउँदासम्म  भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको थियो। तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतीय सयपत्री फूलमाला आयात गर्न कात्तिक १५ गते अनुपति पत्र जारी गर्‍यो। जसअनुसार २५ लाख माला भारतबाट माग भयो।

मागभन्दा बढी फूल भारतबाट आयात भयो। स्वदेशी फूलले बजार पाएन। व्यवसायीहरु केहीले घाटा खाएरै बिक्री गरे त केहिले फोहोरको डङ्गुरमा फ्याँके। भारतीय फूल आयात गर्नाले स्वदेशी उत्पादनले बजार नपाएर फ्याक्नु परेको फूल व्यवसायीको गुनासो छ। व्यवसायीहरुमा सयपत्री फूलबाट अन्य सामग्री बनाउन सकिन्छ भन्ने ज्ञानको कमीका कारण फूल फ्याकेको हुनसक्ने विज्ञहरुको भनाइ छ। 

यही बेला सरकारले सयपत्री फूल व्यवसायी तथा कृषकलाई सयपत्री फूलबाट विभिन्न सामाग्री बनाउने तालिम दिने भएको छ। नेपाल सरकार मातहतको वनस्पती विभागले सयपत्री फूल व्यवसायी तथा किसानलाई तालिम दिन एक सूचना जारी गरिसकेको छ।

वनस्पती विभागले यसैसातादेखि सयपत्री फूलबाट ल्युटिन निकाल्ने र शौन्दर्य सामग्री बनाउने तालिम दिने विभागका सूचना अधिकारी राजेश्वर रन्जितकारले जानकारी दिए। ‘तिहारमा सयपत्री फूलका माला बिक्री नभएर फ्याक्नुपर्ने अवस्था देखियो। सयपत्रीबाट माला मात्र नभएर धेरै प्रकारका सामग्री बनाउन सकिन्छ। तर यो ज्ञान किसानसँग छैन। यही ज्ञान बाँड्नका लागि हामीले यो तालिम राखेका हौं। सयपत्री फूलबाट ल्यूटिन निकाल्ने, शौन्दर्यका सामग्री, अगरबत्ती बनाउने तालिम फूल व्यवसायी तथा फूल कृषकका लागि नि:शुल्क हो,’ उनले भने।

यो तालिम यसै साताबाट सुरु हुने उनले बताए। उक्त तालिम नेपालमा पहिलोपटक नि:शुल्क गरिएकाले थोरै व्यक्ति समावेश गर्ने गरी योजना बनाइएको, तर धेरै किसान तथा व्यवसायीको माग भएकाले सबैलाई समेटेर तालिम दिने उनले बताए। अहिलेसम्म ३ सय बढीले तालिमको माग गरेको बताए।

तालिम वनस्पती विभागको कार्यलय काठमाडौंमा हुनेछ। तालिम ३ देखि ५ दिनको हुने उनले जानकारी दिए। ‘सयपत्री फूलबाट अन्य सामग्री बनाउने प्रयोगशाला विभागमा मात्रै छ। त्यसैले स्थानीय तहमा पुर्‍याउन सम्भव भएन। तालिम नि:शुल्क हो, तर तालिम लिन आउने कृषक तथा फूल व्यवसायी आफैंले यात्रा खर्च र खानबस्नको व्यवस्था आफैं गर्नुपर्ने हुन्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

के–के बनाउन सकिन्छ?
प्रयोग गरिएको तथा नगरिएको, यत्तिकै खेर गएरहेको सयपत्री फूलबाट विभिन्न सौन्दर्यका सामग्री बनाउने सकिने रन्जितकार बताउँछन्। सयपत्री सुकिसकेपछि ल्यूटिन (तेलजस्तो पदार्थ) निकाल्न सकिन्छ। यो ल्यूटेन बहुउपयोगी छ। यसबाट औषधि तथा सौन्दर्यसामग्री बनाउन सकिन्छ। ल्यूटेनले आँखासम्बन्धी रोग भएका मानिसको उपचारमा भिटामिन ‘ए’ को काम गर्छ। यस्तै शौन्दर्यका लागि छाला चम्किलो बनाउनुका साथै चाउरी परेको छालालाई मुलायम बनाउनुका साथै घामको प्रकाशबाट छालालाई जोगाउन मद्दत गर्ने उनको भनाइ छ।

फूलबाट खाने क्याप्सुल (भिटामिन ए), शौन्दर्यका सामग्री सन प्रोटेक्सन क्रिम (सनस्क्रिन), धुप, अगरबत्ती, सुगन्धित तेल बनाउन सकिने भएकाले किसान तथा व्यवसायीलाई यी सामग्री बनाउन तालिम दिइने उनले बताए।

‘बजारमा बिक्री नभएर किसानले फूल यत्तिकै फ्याक्नु परेको अवस्था रहेको छ। यो तिहारमा हामीले देखिहाल्यौं। कत्ति फूल खेर गइरहेको छ। यो फूल खेर नफालियोस् भनेर हामीले तालिम दिन लागेका हौं,’ उनले भने। यो तालिम लिइसकेपछि फूल खेर जाला कि भन्ने डर नहुने उनी बताउँछन्।

यो तालिम लिइसकेपछि किसान तथा व्यवसायी आफैंले सयपत्री फूल प्रशोधन गरेर विभिन्न सामग्री बनाउन सक्नेछन्। यसरी प्रयोग गरेर सुकिसकेका तथा प्रयोगमा नआएका फूलको प्रयोग गरेर यस्ता किसिमका सामग्री बनाउन सके यसबाट राम्रो आम्दानी हुनसक्ने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साथै यस तालिमले फूल व्यवसायीहरु फूलखेतीबाट पलायन हुनबाट रोक्न सहयोग पुर्‍याउने र फूलखेतीतर्फ आकर्षित गराउन सहयोग पुग्ने उनको तर्क छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्य... मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ । मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्