लिस्बन– युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत युरोपियन च्याम्पियन पोर्चुगलले इटालीलाई पराजित गरेको छ।
समूह ए–३ को खेलमा पोर्चुगलले पूर्व विश्वच्याम्पियन इटालीलाई १–० गोलले पराजित गरेको हो। पोर्चुगलको जितमा आन्द्रे सिल्भाले निर्णायक गोल गरे। सिल्भाले खेलको ४८ मिनेटमा गोल गरेका थिए।
उनले बुर्माले उपलब्ध गराएको क्रसलाई सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए। खेलमा पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको थियो। रोनाल्डो हाल सेन्ट ट्रोप्जमा परिवारसँग छुट्टी मनाइरहेका छन्।
समूहमा जित हात पारेसँगै पोर्चुगललाई सजिलो स्थितिमा पुगेको छ। पोर्चुगलले १ खेलबाट ३ अंक जोडेको छ। पोल्यान्ड १ अंक सहित दोस्रो स्थानमा छ। पोल्यान्डसँग बराबरीमा रोकिएको तथा पोर्चुगलसँग पराजित भएको इटालीको १ अंक मात्र छ। जसले गर्दा इटाली समूह चरणबाटै बाहिरिने खतरामा पारेको छ।
अन्य खेलमा सर्विया र रोमानियाले २–२ को बराबरी खेलेका छन्। टर्कीले स्विडेनलाई ३–२ ले हराएको छ भने स्कटल्यान्डले अल्बानियामाथि र मोन्टेनेग्रोले लुथानियामाथि समान २–० गोलको जित हात पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।