काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरु शारदा पण्डित र चन्दा ओझासँग भाइटीका लगाएका छन्।
बुधबार बिहान राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनीद्वयसँग भाइटीका लगाएका हुन्।
पौडेलले बिहान १०:५१ बजेको शुभ साइतमा बहिनीहरुसँग भाइटीका लगाएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।