काठमाडौं– मंगलबार ललितपुरमा मोटरसाइकल रुमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार साँझ ६ बजेर ४० मिनेटमा गोदावरी नगरपालिका–१० टखेल चोकमा मोटरसाइकल रुखमा ठोक्किएको थियो।
बा ६० प ५१९५ नम्बरको मोटरसाइकल बाटो छेउको रुखमा ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका सिन्धुलीका २४ वर्षीय राम माझी र २५ वर्षीय विजयी माझीको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।