काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्।
राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका र आर्शिवाद ग्रहण गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ। भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ।
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ। सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/म्ह पूजा गरी मनाइँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।