काठमाडौं– जुवा–तास खेल्दै गरेको अवस्थामा ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ महिला र ३ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीहरुबाट १ लाख ३० हजार ४२० रुपैयाँ नगद बरामद भएको छ।
यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ। उनीहरुबाट ३४ हजार १४० रुपैयाँ नगद बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ। नेपालगञ्ज र बुटवलबाट काठमाडौं आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।