तस्बिर सौजन्य: देवचुली टेलिभिजन
मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ गोरेघुम्तीमा जिप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ।
बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा १ जना घाइते भएका छन्।
डीएसपी पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी छ। जिप अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।