गाजा- गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा रहेका ३९ जना शिशुको मृत्यु भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार अस्पतालमा विद्युत कटौती हुँदा अस्पतालमा भर्ना भई उपचार गराइरहेका ३९ जना शिशुको मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू ‘मृत्युको जोखिममा रहेको’ पहिले नै जनाएको थियो।
-सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।