एजेन्सी– हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण संख्या परिमार्जन गरिएको छ।
इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट इजरायलीहरूको मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय रहेको बताइएको छ।
स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार आक्रमणमा मृत्यु हुनेको ठूलो संख्या अक्टोबर ७ गरिएको हमास लडाकुहरूको आक्रमणबाट भएको थियो भने, केही रकेट प्रक्षेपणबाट भएको थियो।
बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्यांकले देखाए अनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ। जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका थिए।
मृतकको संख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र गाजापट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्यांक अनुसार इजरायल–हमास द्वन्द्वको यस चरणमा ३५४ इजरायली सैनिकको मृत्यु भएको छ। हमास लडाकुहरूसँगको लडाइँमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको बताइएको छ।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनीहरू मारिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।