काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ ले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरुका लागि राहत सामग्री प्रदान गरेको छ।
वडाध्यक्ष चिनीकाजी महर्जनका अनुसार वडा अन्तर्गतका व्यापारी र व्यवसायिक प्रतिष्ठानहरुबाट संकलित विभिन्न सामग्री हस्तान्तरण गरिएको हो।
राहत सामग्रीमा राष्ट्रिय व्यापार संघ, फसिकेबले प्रदान गरेको २४ बोरा विभिन्न किसिमका पोशाक र बच्चाका लागि दूध दुई कार्टुन, खिचापोखरी न्यूरोड व्यापार संघबाट प्राप्त ५ बोरा तयारी पोशाक, आरबी कम्प्लेक्स प्रालिबाट प्राप्त ढुवानी भाडा र ५० थान ब्ल्यांकेट र वचु भद्रकाली मिसा पुच:बाट प्राप्त २० थान ब्ल्यांकेट हस्तान्तरण गरिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।