एजेन्सी– इथियोपियामा चरम प्राकृतिक तथा मानव निर्मित विपद्को निरन्तर सामना गर्नुपरेको कारण करिब ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले जनाएको छ।
इथियोपियाको आफ्नो पछिल्लो मानवीय अवस्था प्रतिवेदनमा एजेन्सीले पूर्वी अफ्रिकी देशका विभिन्न भागमा जारी द्वन्द्वले बालबालिकाको शिक्षामा पहुँचमा नकारात्मक असर गरिरहेको जनाएको छ।
प्रतिवेदनका अनुसार अम्हारादेखि ओरोमियाकोबीचमा चलिरहेको द्वन्द्वले विद्यालय छाड्ने बालबालिकाको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
इथियोपिया कूल ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले अम्हारा क्षेत्रमा द्वन्द्व चलिरहेको तनावपुर्ण तथा अस्थिर अवस्था कायम रहेको देखाएको छ। नियमित आवागमनमा प्रतिबन्धहरू कायमै रहेकाले मानवीय सहायताको प्रावधानमा कठिनाइहरू व्याप्त छन्।
युनिसेफले अम्हारा क्षेत्रीय शिक्षा ब्यूरोलाई उदृत गर्दै द्वन्द्वका कारण समस्याग्रस्त क्षेत्रका विभिन्न स्थानका २८ वटा विद्यालयमा क्षति पुर्याएको छ। जसका कारण नयाँ शैक्षिक वर्षको शिक्षा पुनः सञ्चालनमा चुनौती खडा गरेको छ।
साथै यस क्षेत्रका अन्य भागमा भारी वर्षा, हावाहुरी र बाढीका कारण दूई सय ५४ विद्यालयमा क्षति पुग्दा ९२ हजार ६०० भन्दा बढी बालबालिका प्रभावित भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।