काठमाडौं–नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँच जनालाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
बुढुवा सिफारिस गरिएकाहरुमा सशस्त्र प्रहरी गण नक्सालमा कार्यरत एसपी वसन्त रजौरे, प्रहरी शिक्षालय भरतपुरमा कार्यरत रविकुमार पौडेल, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ मा कार्यरत नविनराज राई, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत वीरबहादुर ओली र काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत एसपी चन्द्रदेव राई रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।