एजेन्सी– गाजा सहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन्।
‘गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुल आसपासबाट आज बिहान स्कुललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो। आक्रमणपछि करिब ५० जना मारिएका छन्,’ अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन्।
एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।