काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले लोकतन्त्र गुम्ने खतरा रहेको बताएका छन्। कोइरालाले कम्युनिष्टहरु संघीयता विरोधी हुने दाबी गर्दै सरकार नै संघियता कार्यान्वयन गर्न नदिने अभियानमा लागेको आरोप लगाए।
कोइरालाले सरकारलाई प्रश्न गर्दै भने, ‘अहिले सरकारमा बसेकाहरुमा राज्य मै हो, म नै कानुन हुँ। मैले जे भन्यो त्यही हुनुपर्छ भन्ने छ। यसले मुलुकलाई कहाँ पुर्याउँछ?’
बिपी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस प्रदेश नम्बर १ क्षेत्रीय समिति झापाले धुलाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले गाँउमा बस्ने कार्यकर्ताको तुलनामा सहर बस्नेहरुले पार्टीलाई कम माया गरेको तर्क गरे। दुरदराज र गाँउका निष्ठावान कार्यकर्ताले संगठन बचाएको उनको भनाइ थियो। पार्टीको क्रियाशिल सदस्यता वितरण न्यायोचित ढंगले हुन नसकेकै कारण पार्टी धरासायी बनेको कोइरालाको ठम्याइ छ।
प्रवक्ता विश्वप्रकाश शर्माले भासणले मात्रै पार्टी रुपान्तरण नहुने जिकिर गरे। संस्थापन पक्षको भन्दै आफूमाथि लाग्दै आएको आरोपको खण्डन गर्दै उनले आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।