एजेन्सी– इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका स्ट्राइकर लुइस डियाचका बाबु अपहरणमुक्त भएका छन्। अपहरणमा परेको १३ दिनपछि डियाचका बाबु लुइस म्यानुएल डियाच अपरहणमुक्त भएका हुन्।
अक्टोबर २८ मा नेसनल लिबरेशन आर्मी (इएलएन) का वामपन्थी छापामारहरूले डियाचका आमाबाबुलाई अपहरण गरेका थिए। त्यसको केही दिनमा डियाचकी आमालाई छाडे पनि उनीहरुले बाबुलाई भने नियन्त्रणमै राखेका थिए। अन्ततः इएलएनले बिहीबार लुइस म्यानुएललाई अपहरणमुक्त गरेको हो।
इएलएनका सदस्यहरुले उनलाई संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुको रोहबरमा अपहरणमुक्त गरेका हुन्।
डियाचका बाबुआमालाई कोलम्बियाको उत्तरी क्षेत्र ला–गुआजिरामा उनीहरुको गृहनगरबाट ब्यारान्कासको ग्यास स्टेशनसम्म मोटरसाइकलमा सशस्त्र व्यक्तिहरुले लगेको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।