• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महिला, बालबालिकालाई जाडोबाट जोगाइ जीवन रक्षा गर्न डा कार्कीको आग्रह

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०८०  १६:५७
1140x725

काठमाडौं- पश्चिम नेपालका भूकम्प प्रभावित क्षेत्रको भ्रमण तथा राहत वितरण गरी फर्केका कूटनीतिज्ञ तथा मानव अधिकारकर्मी डा अर्जुन कार्कीले महिला, बालबालिका र वृद्धवृद्धालाई जाडोबाट जोगाई जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

जाजरकोट र रुकुम पश्चिमको भ्रमण गरी काठमाडौं फर्किएका अमेरिकाका लागि पूर्व नेपाली राजदूतसमेत रहेका डा कार्कीले दुर्गम क्षेत्रमा कतिपय परिवारले अझै टेन्ट नपाएको र चिसोले गर्दा सुत्केरी, गर्भवती लगायत महिला, केटाकेटी र बुढाबुढी बिरामी पर्न थालेको बताए।

 

 

 

 

jajarkot-bhukampa-(2)-1699441435.jpg

 

nimb
nimb
Ncell 2
Ncell 2

 

 
‘कैयौं परिवारले प्लास्टिकमुनि रात बिताइरहेका छन्। बच्चाहरुको बिजोग छ। न्यानो कपडा, कम्बल र अस्थायी आवासको तत्काल आवश्यकता छ,’ नेपाल लाइभसँग कुरा गर्दै कार्कीले भने।

‘स्थिति बिजोग छ। जो गरीब छ, उही चपेटामा परेको देखियो। ढुंगा, माटोले बनेका धेरैजसो घर गर्ल्यामगुर्लुम ढलेका छन्। गाईवस्तु भत्किएका घरमुनि पुरिएका छन्। संक्रमण फैलन सक्ने समस्या छ। तसर्थ यसतर्फ सरकारको तत्काल ध्यान जानु पर्‍यो,’ उनले भने।

jajarkot-(5)-1699441460.jpg

ग्रामीण पुनर्निर्माण संघ (आरआरआरएन) का प्रमुख कार्यकारी तथा अन्तरराष्ट्रिय संस्था एलडीसी वाचका ग्लोबल कोअर्डिनेटर पनि रहेका डा कार्कीले राहत वितरणका लागि एकद्वार प्रणाली ठीक भए पनि वितरणमा समस्या देखिएको बताए।

‘राहत तथा उद्धारमा नगर/गाउँ पालिकाहरुलाई अगुवाई गर्न दिएर प्रदेश र संघ सरकारले सघाउनुपर्छ। पुनर्निर्माणको चरणमा पनि स्थानीय सरकारले नै लिड लिनुपर्छ,’ उनले भने।

jajarkot-bhukampa-(3)-1699441435.jpg

२०७२ को महाभूकम्पका बेला विभिन्न जिल्लामा पुगेर राहत वितरण तथा पुनर्निर्माण कार्यको संयोजन गरेका डा कार्कीले अन्तर्राष्ट्रिय सहयोगलाई निषेध गर्न नहुने बताएका छन्। ‘भारत र चीनको सहयोग आइसक्यो। राष्ट्रसंघीय निकायले भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका छन्। फिल्डमै छन्। हाम्रो अर्थतन्त्र नै विदेशी सहायतामा चलेको छ। त्यसैले अन्तर्राष्ट्रिय सहायता लिँदैनौं भन्नु ठीक होइन। मित्रराष्ट्रहरुको सहयोगलाई स्वागत गर्नुपर्छ। पुनर्निर्माणको चरणमा त हामीलाई त्यस्तो सहयोगको अरु बढी खाँचो पर्छ,’ उनले भने।

jajarkot-bhukampa-(1)-1699441435.jpg

उनले नेपाल सरकारसँग समन्वय गरेर भूकम्प पीडितहरुका लागि आवश्यक सामग्री भित्र्याउने स्वदेशी तथा विदेशी संस्था र निकायलाई भन्सार र कर छुट दिन पनि सरकारलाई आग्रह गरे।

‘स्थानीय निकाय र जिल्ला प्रशासन सक्रिय छन् तर प्रदेश सरकार सक्रिय हुन सकेको छैन। समन्वयको अभाव देखियो।  तर नयाँ निकाय बनाउनुभन्दा जननिर्वाचित निकायबाटै काम गर्दा दिगो र जवाफदेहीपूर्ण हुन्छ,’ उनले भने।

jajarkot-(2)-1699441459.jpg

डा कार्कीले स्थानीय श्रोत, साधन र सीपको अत्यधिक प्रयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने ढंगले पुनर्निर्माणको काम अगाडि बढाउन पनि सुझाव दिए। ‘नेपालमा भूकम्प बाहेक जलवायु परिवर्तनका कारण पनि बाढी, पहिरो जस्ता विपदको जोखिम उच्च रहेकाले जिल्ला र स्थानीय स्तरमा विपदसंग जुध्न एउटा स्थायी र कामकाजी संरचना बनाउन अब ढिलो गर्नु हुँदैन, र त्यस्तो संरचनाको नेतृत्व स्थानीय समुदायले नै गर्नुपर्छ,’ उनले भने।

jajarkot-(4)-1699441460.jpg

आरआरएनले पहिलो चरणमा रुकुम पश्चिममा ३,००० थान त्रिपाल, वाटर फिल्टर २५० थान, म्याट्रेस, कम्बल, शल, सारी, ज्याकेट लगायतका कपडा पुराइसकेको र दोश्रो चरणमा रुकुम पश्चिम र जाजरकोटका लागि न्यानो कपडा लगायत अस्थायी आवास बनाउन आवश्यक सामग्री पठाउन लागेको पनि उनले बताए।

jajarkot-(1)-1699441459.jpg

गत शुक्रबार जाजरकोट केन्द्रबिदु भएर गएको भूकम्पमा परी कम्तीमा १५० जनाको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश बालबालिका र महिला छन्। भूकम्पका कारण सैयौं परिवार घरबारविहीन भएका छन्।
(तस्बिरहरु: डा अर्जुन कार्की)
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे
प्रतिनिधिसभा बैठक (लाइभ)
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन
सम्बन्धित सामग्री
पाण्डे पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न... बिहीबार, वैशाख ३१, २०८३
त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यले पाए अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि उनलाई निमित्तको जिम्मेवारी दिइएको हो। अध्यादेश जारी हुनुअघि नै... बिहीबार, वैशाख ३१, २०८३
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी डा. पौडेललाई पाैडेलले यसअघि विश्वविद्यालयकाे रजिस्ट्रार भएर काम गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पदपूर्ति नभएसम्मका लागि पा... बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन बिहीबार, वैशाख ३१, २०८३
नीति तथा कार्यक्रममाथिको छलफल ६ घण्टामा खुम्च्याउनु संसदको अपमान: अर्जुननरसिंह केसी बिहीबार, वैशाख ३१, २०८३
सदस्यता अद्यावधिक नगर्ने वडा सभापतिको जिम्मेवारी अरूलाई दिने गगन थापाको चेतावनी बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्