• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भूकम्पपीडित सोध्छन्– त्रिपाल कहिले पाइन्छ सरकार? 

हेमन्त केसी /रासस बुधबार, कात्तिक २२, २०८०  १३:५६
1140x725

जाजरकोट– गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार २ छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन्। घर भित्रबाट बाहिर निस्किने क्रममा  खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन्।  उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा रात बिताउँदै आएकी छन्। 

उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो महसुस हुन्छ। खुल्ला सडकभन्दा माथि त्रासले जान नसकेकी थापाका १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बर्बराउँछन्। भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामबासी अहिले सडकको छेउछाउमा रातदिन कटाइरहेका छन्। सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाममा भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन्।

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ। खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत माग्दामाग्दा हैरान भएपछि आफूहरुका लागि कोही पनि रहेनछ भन्दै निराश भएको छ।

त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन: १ थान त्रिपाल पाएको उनले सुनाए। 

‘सुरुमा क्षति भएको नामावली संकलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा दु:ख लाग्यो,’ थाप्लेका झलक मल्लले सुनाए। घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन। यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ। भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ। 

समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए।  बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए। घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन्। घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ। बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ। 

कुन पालिकामा कति क्षति? 
जाजरकोटको भेरी नगरपालिकामा ३४४ घर पूर्णरुपमा भत्किएका छन् भने ७१२ घरमा आंशिक क्षति पुगेको छ। २ वटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको छ। 

त्यस्तै, भेरी नगरपालिकामा ५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। मृत्यु हुनेको सङ्ख्या ३६ रहेको छ भने ६५ जना घाइते भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नलगाड नगरपालिकामा २०० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। ६०० घर आंशिक भत्किएका छन्। १२ वटा विद्यालय पूर्ण रुपमा भत्किएका छन् भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ। ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ। 

भूकम्पबाट नलगाड नगरपालिकामा ५२ जनाले ज्यान गुमाएका छन्। ७३ जना घाइते भएका छन्। 

छेडागाडमा १०० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।  ५०० घरमा आंशिक रुपमा क्षतिग्रस्त भएका छन्। छेडागाडका ३ विद्यालयमा आंशिक क्षति भएको पाइएको छ। छेडागाडमा भूकम्पबाट २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। 

कुशे गाउँपालिकामा ९५  घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। ३०१ वटा घरमा आंशिक रुपमा क्षति पुगेको छ। ४ वटा विद्यालय पूर्णरुपमा भत्किएका छन् भने १७ वटा आंशिक रुपमा क्षति भएको पाइएको छ। सरकारी कार्यालय १ वटा पूर्णरुपमा भत्किएको छ भने १७ वटामा आंशिक रुपमा क्षति पुगेको छ। 

Xtrem

Xtrem

भूकम्पबाट कुशे गाउँपालिकामा २ जनाको मृत्यु र १ जना घाइते भएका छन्।  

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा १६० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। ५६० घर आंशिक रुपमा क्षति पुगेको छ। ५ वटा विद्यालय पूर्ण रुपमा भत्किएका छन् भने २ वटा आंशिक रुपमा भत्किएको पाइएको छ। १ सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र २ कार्यालयमा आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ। भूकम्पबाट बारेकोट गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। 

शिवालय गाउँपालिकामा १ घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ। ५ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। एउटा सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ। भूकम्पबाट शिवालय गाउँपालिकामा १ जना घाइते भएका छन्। 

जुनिचाँदे गाउँपालिकामा २७० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। ४ हजार ५६ घरमा आंशिक क्षति भएको छ। 
समग्रमा जाजरकोट जिल्लाभर भूकम्पबाट १ हजार १७०  घर पूर्णरुपमा क्षति भएको पाइएको छ। ७ हजार १६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ। २३ विद्यालयका भवन पूर्ण क्षति र ७५ आंशिक क्षति भएको जानकारी आएको छ। भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ। १५२ जना घाइते भएका प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ६:०० बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रम... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्