काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
मंगलबार काठमाडौमा बसेको संगठनको कार्यालयको बैठकले आफ्नै संगठनका सदस्यहरुसँग आन्तरिक रुपमा रकम संकलन गरेर भूकम्प पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको हो।
आर्थिक संकलनका लागि संगठनको कार्यालय टिम, पदाधिकारी, सदस्यहरुको लागि फरक–फरक मापदण्ड बनाइएको छ। रकम संकलनका लागि अध्यक्षदेखि सदस्यसम्मलाई अनिवार्य बुझाउनुपर्ने रकम तोकिएको उपाध्यक्ष मदन भुलले जानकारी दिए।
‘भूकम्प गएलगत्तै अखिल क्रान्तिकारी प्रभावित क्षेत्रमा उद्धार, राहतमा लागेको छ भने काठमाडौंमा साता व्यापी रक्तदान गत आइतबारबाट सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘उपाध्यक्षत्रय पवन कार्की, म र अम्मरजंग शाहीको कमाण्डमा १०० जना नेता कार्यकर्ता जाजरकोट रुकुम र काठमाडौमा क्रियाशील छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।