काठमाडौं– इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध सुरु भएको मंगलबार १ महिना पुगेको छ। सो युद्धमा १४०० भन्दा बढी इजरायलीले ज्यान गुमाएका छन् भने गाजा क्षेत्रमा ९ हजार ७०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। उक्त तथ्याङ्कमा विदेशीहरु पनि समावेश छन्। उक्त युद्धमा इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीले समेत ज्यान गुमाएका थिए।
अक्टोबर ७ को बिहान प्यालेस्टाइन समर्थक हमास समूहले इजरायलमा हवाई तथा थल मार्गबाट हमला सुरु गरेको थियो। उनीहरु प्याराग्लाडिङ, मोटरसाइकल र कारबाट एकैचोटी इजरायलमा प्रवेश गरेका थिए। यसका अतिरिक्त हवाई हमला जारी राखेका थिए।
जवाफमा इजरायले गाजा पट्टीमा हमलालाई तीव्र बनाएको थियो। इजरायलले अहिले पनि गाजा क्षेत्रमा आक्रमणलाई जारी राखेको छ।
गाजा पट्टीको आवास क्षेत्र, अस्पताल क्षेत्र र शैक्षिक क्षेत्र लगायतका स्थानमा इजरायलले निर्ममतापूर्वक बमबारी गरिरहेको छ। जसको सर्वत्र विरोध भइरहेको छ।
हालसम्म सबैभन्दा धेरै ज्यान गुमाउनेमा बालबालिका र महिला रहेको संचारमाध्यमहरुले बताएका छन्। सो युद्धमा करिब ४ हजार ८०० भन्दा बढी बालबालिकाले ज्यान गुमाएका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।