काठमाडौं– वरिष्ठ वातावरणविद् डा के आर दहालले नेपाली समाज प्राकृतिक प्रकोपबाट निरन्तर जोखिममा रहेको टिप्पणी गरेका छन्।
नेपाल पानी सदुपयोग फाउन्डेसनले सोमबार विज्ञहरुबीच कठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दहालले यस्तो टिप्पणी गरेका हुन्।
क्लाइमेट चेन्जका कारण उत्पन्न प्रभाव र यसका असरहरुबारे भएका अध्ययन र अनुसन्धानहरुलाई बेवास्ता गर्दै गरिने आयोजना, परियोजनाहरुको निर्माण तथा व्यवस्थापन सही ढंगले नहुने गरेको सन्दर्भमा डाक्टर दहलको यस्तो भनाइ आएको हो।
कार्यक्रममा वाटर एनालिष्ट भोला पौडेल सहित संस्थाका अध्यक्ष डा ङमिन्द्र दहालले प्रकोप र पानी र व्यवस्थापनलगायत विषयमा धारणा राखेका थिए। फाउन्डेसनले राजधानीमा सातव्यापी पानी सत्संग कार्यक्रमको श्रृखला चलाउने अभियन्ता सुवर्णा बस्नेतले जानकारी दिइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।