काठमाडौं– जाजरकोटमा ४.५ म्याग्निच्यूडको भूकम्पको दोस्रो झड्का गएको छ। सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैंक केन्द्रबिन्दु भएर भूकम्प गएको हो। केही समयअघि ५.८ म्याग्निच्यूडको मापन भएको छ।
उक्त भुकम्पको धक्का काठमाडौंदेखि दिल्लीसम्म महसुस भएको थियो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
पहिलो धक्काले शुक्रबार रातिको भूकम्पमा चर्किएका घरहरु भत्किएको बताइएको छ। यद्यपि आधिकारिक विवरण भने आइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।