काठमाडौं– जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको मापन भएको छ।
उक्त भूकम्पको धक्का काठमाडौंदेखि दिल्लीसम्म महसुस भएको थियो। भारतीय समाचार एजेन्सी एनआईले दिल्लीमा भूकम्पको धक्का महसुस भएको उल्लेख गरेको छ।
गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ। उक्त क्षेत्रमा लगातार भूकम्प गइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।