काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको छ।
मन्त्रलयले वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको हो।
दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यान्वयनका लागि निगमका पूर्व महाप्रबन्धक कुलबहादुर लिम्बूको संयोजकत्वमा समिति गठन भएको बताइएको छ।
समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सह–सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरी समिति बनेको हो।
पूर्वगर्भनर क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि व्यवसायिक र संरचनागत सुधारका लागि प्रतिवेदन तयार पारेको थियो। उक्त सुझाव कार्यान्वयनका लागि समिति तयार पारिएको मन्त्रलयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।