• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

४८ जिल्लामा व्यवसायिक फूलखेती, तर पनि छैन नेपाल आत्मनिर्भर

64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक २३, २०८०  ०७:३८
1140x725

काठमाडौं– नेपालका ४८ जिल्लाको २२१ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा फूल खेती हुने सरकारी तथ्याङ्कले देखाउँछ। जसमा ४४ हजार जनशक्ति फूल व्यवसायमा कार्यरत छन्।

१ हजार ११६ जनाले व्यवसायिक रुपमा फूलखेती गर्दै आएको नेपाल फ्लोरी कल्चर एशोसियसन (फ्यान) को तथ्याङ्कमा उल्लेख छ। तर पनि बर्सेनि विदेशबाट करोडौंका फूल र माला आयात गर्नुपरेको अवस्था छ। स्वदेशी उत्पादन पर्याप्त नहुँदा बर्सेनि करोडौंको फूल आयात गर्नु परिरहेको अवस्था रहे पनि विस्तारै केही मात्रामा भने घट्दै गएको फ्लोरी कल्चर एशोसियसनका अध्यक्ष मिनबहादुर तामाङ बताउँछन्।

यस्तै पछिल्लो समय उत्पादनमा वृद्धि हुँदा फूल आयात घट्दै गएको उनको भनाइ छ। अघिल्ला वर्षहरुमा एक महिना अघिदेखि फूल आयात गर्नुपरे पनि यो वर्ष भने त्यस्तो अवस्था नरहेको उनको भनाइ छ। यो वर्ष ८० प्रतिशत स्वदेशी उत्पादनले धान्ने उनको उनको दाबी छ।

२० प्रतिशत आयात गर्नुपर्ने देखिए पनि अघिल्लो वर्षकोभन्दा एकदमै थोरै देखिन्छ। ‘यसपाली तिहारलाई लक्षित गरेर फूलमाला आयातमा रोक लगाएको थियो। फेरि सरकारले अनुमति दिएको छ। सरकारले दिएको अनुमतिअनुसार वैधानिक तरिकाले आउने माला त छँदैछन्। चोरी निकासीबाट पनि फूल तथा माला ल्याइने गरिन्छ,’ उनले भने।

मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि कात्तिक १ गतेदेखि अर्को सूचना नआउँदासम्म सरकारले भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको थियो। तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतीय सयपत्री फूलमाला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुपति पत्र जारी गरेको छ।

विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता छ। तर, यस वर्ष नेपालमै पुष्पखेती राम्रो भए पनि अझै अपुग हुनसक्ने अनुमति दिइएको हो।

Phool_Sayapatri_mala-1699494480.jpg
तस्बिर: रासस

अघिल्लो वर्ष फूलमा ३३ करोड बाहिरियो
गत आर्थिक वर्ष २०७९/०८० मा ३३ करोड ६ लाख ४८ हजार फूल आयात गर्दा बाहिरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३६ करोड ५३ लाख ५ हजार रुपैयाँको फूल आयात भएको छ। उता २०७७/०७८ मा ४० करोड ७२ लाख ३४ हजार रुपैयाँको फूल आयात भएको यस्तै, २०७६/०७७ मा २३ करोड ७७ लाख ३८ हजार रुपैयाँ फूलका लागि बाहिरिएको छ।

आयात मात्र नभइ सानो परिमाणमा फूल निर्यात पनि हुँदै आएको पाइन्छ। गत आर्थिक वर्ष २०७९/०८० मा ६८ लाख रुपैयाँको तथा २०७८/०८९ मा ९८ लाख रुपैयाँको निर्यात गरिएको छ। यस्तै, २०७७/०७८ मा ५३ लाख ८ हजार रुपैयाँ र २०७६/०७७ मा ६० लाख ५९ हजार रुपैयाँको फूल निर्यात गरिएको तथ्याङ्क छ।

Ncell 2
Ncell 2

एक वर्षमा करिब ३ अर्बको फूलको कारोबार 
२०७५/७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँको थियो। २०७६/७७ र २०७७/७८ मा कोरोना महामारीका कारण कारोबारमा कमी आई १ अर्ब ६३ करोडमा सीमित भएको देखिन्छ।

त्यसपछि २०७८/७९ मा २ अर्ब ३० करोड र  २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँबराबर कारोबार भएको फ्यानको तथ्याङ्कमा उल्लेख छ। करिब ३ अर्बको कारोबार देखिए पनि समग्र कारोबार भने ६ अर्बभन्दा बढीको हुने आकलन रहेको फ्यान अध्यक्ष तामाङ बताउँछन्।

‘वार्षिक भएको कारोबार निकाल्दा भन्सार तथ्याङ्क र टिइपिसीको तथ्याङ्क आधार बनाएर निकालेका हुन्छौं। खुला भन्सार नाकाका कारण ट्रकका ट्रक फूल र बिरुवा अवैधानिकरूपमा नेपालमा भित्रिने गरेका छन्। तथ्याङ्कले ३ अर्ब ७ करोडको कारोबार भएको देखिए पनि योभन्दा दोब्बर कारोबार हुने हाम्रो अनुमान छ,’ उनले भने।

Phool_Sayapatri_KHeti-1699494481.jpg
तस्बिर: रासस

फूलको व्यवसायको वृद्धिदर १५ प्रतिशत
नेपालमा हरेक वर्ष फूलको व्यवसायको वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारी रहेको फ्यानका अध्यक्ष तामाङ बताउँछन्। विसं २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको थियो। उक्त समयबाट नै नेपालमा पुष्प व्यवसायले गति लिएको देखिन्छ।

यसमा करिब ८ अर्ब बराबर लगानी भइसकको तामाङ बताउँछन्। ४८ जिल्लाको २२१ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा फूल खेती हुन्छ। १ हजार ११६ जना व्यवसायिक रुपमा कार्यरत छन्। जसमा ४४ हजार जनशक्ति फूल व्यवसायबाट रोजगारी पाएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हु... बुधबार, मंसिर १७, २०८२
सुनको मूल्य सामान्य घट्यो, चाँदीको भने बढ्यो यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ५ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ। मंगलबार, मंसिर १६, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सरकारले अब एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा बैंकिङ... सोमबार, मंसिर १५, २०८२
ताजा समाचारसबै
सुनसरीमा ४ सय ६० केजी गाँजा बरामद बुधबार, मंसिर १७, २०८२
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउँछु : प्रधानमन्त्री बुधबार, मंसिर १७, २०८२
एनपिएल: विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै बुधबार, मंसिर १७, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम बुधबार, मंसिर १७, २०८२
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
युक्रेनका दुई ठूला सहर कब्जा गरेको रुसी राष्ट्रपति पुटिनको दाबी मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
कुलमानको पार्टीलाई ओलीले दिए फ्युज गएको चिमको संज्ञा मंगलबार, मंसिर १६, २०८२
एनपीएल : चितवनलाई हराउँदै जनकपुरको पहिलो जित मंगलबार, मंसिर १६, २०८२
शेखर दाइ र ममध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ: शशांक कोइराला मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्