• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रिगल र रञ्जनलाई जेल पठाएको सर्वोच्चले रेशम चौधरीलाई के गर्ला? 

64x64
दुर्गा दुलाल मंगलबार, कात्तिक २१, २०८०  ०७:२०
1140x725

काठमाडौं– कात्तिक १६ गते सर्वोच्च अदालतको पूर्ण इजलासले एउटा मुद्दामा फैसला सुनायो। सर्वोच्चको यो फैसलाको चौतर्फी प्रशंसा पनि भयो। कर्तव्य ज्यानको मुद्दामा सजाय पाएका व्यक्तिलाई सरकारको सिफारिसमा कैद माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सर्वोच्चले बदर गरेको थियो।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णय बदर गर्‍यो र उक्त मुद्दामा व्याख्या गर्दै सरकारले मन लाग्दैमा माफी दिन नसक्ने नजिरसमेत निर्माण गर्‍यो। सर्वोच्चले यसका लागि केही आधारहरु समेत व्याख्या गरेको छ।

यो पनि पढ्नुहोस

रेशम चौधरी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक [पूर्णपाठसहित] 

सर्वोच्चले यस्ता जघन्य अपराधमा दोषी ठहर भएका व्यक्तिहरुको सजाय माफी दिँदा पीडितको सहमति हुनुपर्ने, कानुनी सिद्धान्त र अभ्यासको पालना हुनुपर्नेलगायतका केही आधार व्याख्या गर्दै सरकारको निर्णयमा प्रश्न उठायो भने राष्ट्रपतिको निर्णय उल्टायो। सर्वोच्चको यो निर्णयसँगै रिगल पक्राउ परे अनि बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तानका लागि जेलसमेत चलान भएका छन्।

यसरी सर्वोच्चबाट उल्टेर जेल जाने उनी पहिलो व्यक्ति होइनन्। यसअघि शशस्त्रका पूर्व डीआईजी रञ्जन कोइराला पनि छुटेर पुन: जेल गएका थिए। कोइरालाको हकमा सर्वोच्चले नै आफ्नो फैसला उल्टाएर उनलाई पुन: बाँकी सजायका लागि पठाएको थियो।
 
यी दुई व्यक्ति फेरि थुनामा जाँदा अर्का एक व्यक्ति जो जघन्य अपराधमा तीन तहका अदालतबाट सर्वस्वसहित जन्मकैद ठहर भएका छन् उनको हकमा के हुन्छ भन्ने आम प्रश्न सुरु भएको छ। टीकापुर घटनामा जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालतबाट चौधरीलाई मुख्य अभियुक्तको रुपमा दोषी ठहर गरेको थियो।

यो पनि पढ्नुहोस

रेशम चौधरीको आममाफी प्रकरण: सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी  

बिहीबारको  पेसीमा के होला रेशमको मुद्दा?
सरकारले चौधरीलाई राजनीतिक सौदावाजीका लागि जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन रिहा गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी दिए। सत्ता गठबन्धनलाई समर्थन आवश्यक भएकाले नागरिक उन्मुक्ति पार्टीलाई केन्द्रीय सरकारमा एक मन्त्रीसहित चौधरीलाई रिहाई गरिएको थियो। उक्त पार्टीले एकमात्र सर्त नै चौधरीको रिहाई राखेको थियो।

सर्वोच्च अदालतले चौधरीलाई जेठ २ गते दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो। त्यसको पूर्णपाठ नै नआउँदै सरकारले उनलाई माफी दिएर छुटाएको थियो। सरकारले माफी दिएपछि उक्त निर्णयविरुद्ध पीडितमध्येकी एक प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायत बोहोराले  सर्वोच्चमा रिट निवेदन जेठ १६ गते दर्ता गराइन्।

यो पनि पढ्नुहोस

रेशम चौधरीको माफीबारे सर्वोच्चको टिप्पणी– रगतले लतपतिएका हातलाई राजनीतिक संरक्षण 

उक्त रिटमा ८ जना सुरक्षाकर्मी र १ जना नाबालकको ज्यान लिनेगरी भएको टीकापुर घटना नेपाली समाजमा घटेको एउटा अकल्पनीय र दुःखदायी एवम् क्रूर आपराधिक घटना भएको भन्दै माफी दिन नमिल्ने जिकिर गरेकी थिइन्। जुन कुरा अदालतले आफ्नो पूर्णपाठमा पछि स्वीकारसमेत गरेको छ। उक्त रिटमा पहिलो सुनुवाइ जेठ २३ गते भयो।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सुनुवाइ गर्दै सरकार, राष्ट्रपति कार्यालय र गृह मन्त्रालयसमेतका विपक्षीहरुसँग रेशमको रिहाईबारे लिखित जवाफ माग गर्‍यो। उक्त आदेश अनुसार सबै विपक्षीबाट लिखित जवाफ पेस भएको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतले माफीको बचाउ गरेका छन्।
 
उक्त रिटमा बिहीबार(कात्तिक २३) गते निर्णायक सनुवाइ हुँदैछ। तिहार बिदाको अघिल्लो दिन पेसीमा रहेको उक्त मुद्दा सुनुवाइको पालो आएमा फैसलाकै लागि बहस हुने देखिन्छ। प्रतिवादीहरुको लिखित जवाफ पेस भइसकेकाले सर्वोच्चले अन्तिम सुनुवाइ सुरु गर्ने छ।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चले अन्तिम सुनुवाइ सुरु गरेमा यसमा केही दिनअघि फैसला भएको रिगलको मुद्दाको नजिर र यसअघि चौधरीकै मुद्दामा जारी भएको फैसलाको पूर्णपाठलाई मुख्य आधार मान्ने देखिन्छ। साउन ३२ गते सार्वजनिक भएको पूर्णपाठमा सर्वोच्चले स्पष्ट रुपमा चौधरीले माफी पाउन नसक्ने भनेको छ।
 
सर्वोच्चले आफ्नो फैसलामा निर्दोष र निहत्था व्यक्तिको अकारण र सामूहिक ज्यान लिने जस्तो कार्यलाई राजनीतिक वा अन्य कुनै पनि बहाना वा आवरणमा फौजदारी कानुनद्वारा निषेधित कसुरजन्य कार्यअन्तर्गत नपर्ने भनेको छ। 

‘राजनीतिक वा अन्य कुनै पनि कारणबाट कसुरदारले सोबाट सिर्जित दायित्वबाट उन्मुक्ति प्राप्त गर्न सक्ने भनी मानिएमा संवैधानिक शासन व्यवस्थाअन्तर्गत नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने प्रमुख दायित्व भएको राज्य आफ्नो कर्तव्यबाट च्यूत हुन गइ अपराधीहरूको संरक्षकका रूपमा रूपान्तरित हुन पुग्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ। सर्वोच्चले यस्ता अपराधहरुलाई राजनीतिक आवरण दिन नमिल्ने टिप्पणी गरेको छ।

यो पनि पढ्नुहोस

रेशम चौधरीको मुद्दामा जन्मकैदको फैसला सदर

‘मुलुकको फौजदारी कानुनले निषेध गरेको कुनै कार्य गर्नु वा कानुन बमोजिम गर्नुपर्ने कुनै कार्य नगर्नु कसुर हो। कुनै कार्य कसुरजन्य कार्य हो वा होइन? भन्ने सम्बन्धमा नैतिक वा सामाजिक दृष्टिकोणले हेर्दा फरक निष्कर्ष रहन सक्ला तर कानुनी दृष्टिकोणबाट हेर्दा मुलुकको फौजदारी कानुनको उल्लंघनलाई कसुर अपराध भनी परिभाषित गर्नुको विकल्प रहँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यदि फौजदारी कानुनले निषेध गरेको कुनै कार्य आपराधिक मनसायका साथ गरिन्छ भने त्यस्तो कार्यको स्थापित फौजदारी न्याय प्रणालीबाटै सम्बोधन गरिनुपर्ने संवैधानिक शासन व्यवस्थाको आधारभूत मान्यता हो।’ 
चौधरीलाई माफी दिने जस्ता ‘घटना’ले मुलुकको कानुन व्यवस्था पीडकको हातमा पुग्ने र आवाजविहीन, निर्बल तथा निरीह नागरिकको जिउ ज्यान सधैं जोखिममा रहने सर्वोच्चको फैसलामा भनिएको छ।

यो फैसला र हालैमात्र एउटा माफी उल्टाएका कारण चौधरीको हकमा पनि फैसला उल्टन सक्ने कानुनका जानकारहरुको टिप्पणी छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले सर्वोच्चले के फैसला सुनाउँछ अहिले नै अनुमान गर्न नमिल्ने तर कानुन विपरित भएका कार्य भने उल्टाउदै न्याय जगाउँछ भन्ने कुरा यसअघि नै रिगलको मुद्दामा पुष्टि भएको टिप्पणी गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस

रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्ध हत्या गरिएका प्रहरी अधिकृत बोहोराकी श्रीमती पुगिन् सर्वोच्च

वरिष्ठ अधिवक्ता एवं फौजदारी कानुनका जानकारहरुले पनि विगतका नजिर,चौधरीकै मुद्दामा भएको फैसलाको पूर्णपाठ र कानुनी व्यवस्थाका आधारमा हेर्दा चौधरीले पाएको सजाय माफी सदर हुन नसक्ने टिप्पणी गरेका छन्। त्यस्तै चौधरीको हकमा मात्र यसरी माफी दिएकाले पनि सर्वोच्चमा यो प्रश्न वहसका क्रममा उठ्ने उनीहरुको दाबी छ। त्यस्तै सर्वोच्चले हालै व्याख्या गरेको पीडितको सहमति लिनुपर्ने कुरा यसमा पनि लागू हुने उनीहरुको दाबी छ।

पीडितले सर्वोच्चमा माफी बदर हुनुपर्ने भनी रिट दायर गरेकाले सहमति लिएको छैन भन्ने पुष्टि भइसकेको छ।

टीकापुर घटना के थियो र कसलाई कति भयो सजाय?
टीकापुर हत्याकाण्डमा रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो। त्यसमा केही परिर्वतन गर्दै सर्वोच्चले सदर गरेको थियो।
 
२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। 

उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गर्‍यो भने चार जनाको सजाय घटाएको थियो। सर्वोच्चले रेशमको जन्मकैदको फैसला सदर गरेको थियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला सुनाउँदै चौधरीलाई सफाइ दिन नपर्ने  निर्णय गरेको थियो। सोही घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका थिए।

यो पनि पढ्नुहोस

रेशम चौधरीको आममाफीविरुद्ध शारदा पुगिन् सर्वोच्च, न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने 

अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मणको सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको थियो। जिल्लाले उनलाई तीन वर्ष नै कैद तोकेको थियो। 

जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी थिए। सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालतले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको थियो।

त्यसैगरी, संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ। कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो। उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा दिएका थिए।

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो।

चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको थियो। विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको थियो। रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाए। उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो। करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको थियो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह–२०८३ मा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। राष्ट्रपति नेपाली से... शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग... शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ गुरुङ चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबास पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सिर्दीबास गृहमन्त्री गुरुङको गृहपालि... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्