• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रेशम चौधरीको आममाफीविरुद्ध शारदा पुगिन् सर्वोच्च, न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने 

64x64
कल्पना घिमिरे मंगलबार, जेठ १६, २०८०  १७:४०
1140x725

काठमाडौं– गणतन्त्र दिवसको अवसर पारेर कैलालीको टीकापुर घटनामा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आम माफी दिए। आइतबार भएको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति पौडेलले आममाफी दिएपछि चौधरी जेलमुक्त भएका छन्।

चौधरीलाई जेलमुक्त गर्नु भनेको जघन्य अपराध भएको टीकापुर घटनामध्येकी पीडित प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायत बोहरा बताउँछिन्। चौधरीलाई जेलमुक्त गर्ने निर्णय थाहा पाएपछि उनी आइतबार मन्त्रिपरिषद्को कार्यालयमा पुगेकी थिइन्।

सञ्चारमाध्यमहरुमा मन्त्रिपरिषद्ले चौधरीलाई आममाफीका लागि सिफारिस गरेको खबरहरु आएपछि उनी निवेदन लिएर सर्वोच्च पुगिन्।

‘रेशम चौधरी थुनामुक्त हुने निर्णय मन्त्रिपरिषद्‌बाट भएको मिडियाहरुबाट थाहा पाएँ। म त निर्णय माग्न मन्त्रिपरिषद्को कार्यालयमा पनि गएकी थिएँ। निर्णयको फोटो कपी चाहियो भनेर। तर निर्णय आउन समय लाग्ने भएको खबर पाएपछि म फर्किएँ,’ उनले भनिन्, ‘एउटा निवेदन लेखेँ। निवेदन र मिडियाहरूमा आएको निर्णयको आधारमा सर्वोच्चमा रिट दर्ता गराउन गएँ। तर दर्ता गराउन ढिलो भयो। अदालतले दर्ता हुन्छ तर समय अभाव भयो भनेर पठायो। २०७२ साल भदौ ७ गते कालो दिन भएको थियो। फेरि रेशम चौधरी रिहा हुने भनिएको दिन ‘जेठ १४ गते’ कालो दिन भएको छ।’

तर, सोमबार चौधरी रिहा भएपछि उनी आक्रोशित भएकी छन्। ‘चौधरीलाई माफी दिएर रिहा गरिनु कानुनी राज्यका लागि नकारात्मक सन्देश हो। माफी मिनाहा कार्यविधि लेखन अनुसार माफी दिन नमिल्ने जघन्य अपराधको मुद्दामा मुछिएकालाई पनि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको नेतृत्वको सरकारले कार्यविधिमन्दा विपरीत भएर गरेको निर्णय राष्ट्रपतिकहाँ पठाएको राष्ट्रपतिले सदर गरेर आममाफी दिनुभएको छ। अब योभन्दा ठूलो के होला गणतन्त्रको उपहास?, उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

कानुन र न्यायलाई नै पनि चुनौदी दिएर चौधरीलाई आममाफी दिएको उनले बताइन्। आफूलाई न्यायालयले गरिसकेका फैसलामा सरकारले हस्तक्षेप नगर्ला भन्ने लागे पनि सरकारले न्यायालयलाई नै हस्तक्षेप गरेको बताइन्।

‘सरकार पनि एउटा विधि र कानुनअनुसार चल्छ भन्ने लाग्थ्यो तर उहाँहरुका क्रियाकलपा हेर्दा उहाँहरुले आफ्नो स्वार्थका लागि जे गरे पनि अनुकूल हुनेरहेछ। सत्ता टिकाउनका लागि अदालतको फैसला पनि लत्याउँन उहाँहरुको लागि ठूलो कुरा होइन रहेछ ,’ उनी भन्छिन्, ‘टीकापुर घटनामा साहदत भएका ८ जना प्रहरी र एउटा नाबालक पो अपराधी रहेछन् अहिले अनुभव हुँदै गयो। निर्दोष चाहिँ रेशम चौधरी नै रहेछन्। त्यसो हो भने त्यतिकै ६ वर्षसम्म उनलाई कैदमा किन राखियो होला?’

चौधरी रिहा भएपछि उनी फेरि मंगलबार अदालतमा रिट दायर गर्न गएकी छन्। उनको रिट मंगलबार दर्ता भएको छ। ‘अहिले विषय फरक परिसकेको छ। अस्तिसम्मको प्रकृति फरक थियो। मन्त्रिपरिषद्को निर्णय भइसकेको हुनाले उक्त निर्णय रोकिपाउँ भन्ने थियो। अब त्यो निवेदनको औचित्य छैन। अहिले निवेदनलाई परिवर्तन गराएकी छु,’ उनले भनिन्।

Xtrem
Xtrem

अदालतबाट आफूले न्याय पाउनेबारे उनी विश्वस्त छिन्। साथै न्यायको लडाइँ पनि नछाड्ने उनको भनाइ छ। ‘पहिलो निवेदन बुझाउन जाँदा उहाँहरु सकारात्मक नै हुनुहुन्थ्यो। समय अभावका कारण छलफलपछि दर्ता गर्छु भन्नुभएको थियो। अन्तिम अवस्थासम्म पनि म न्यायका लागि लडाइँ लडिरहन्छु। अदालतले पहिला पनि न्यायपूर्ण तरिकाले फैसला गरेकाले फेरि पनि हार मान्ने छैन। सधैं अपराधिबाटै मुलुक चलिरहने त हैन होला?’ उनको प्रश्न छ।

यसअघि बालकृष्ण ढुंगेको विषयमा पनि राष्ट्रपतिले दिएको आममाफी विवादित भएपछि फिर्ता लिइएको थियो। रेशम चौधरीको हकमा पनि फिर्ता हुनसक्ने उनी बताउँछिन्। आफूले देशभित्र न्याय नपाए अन्तर्राष्ट्रिय अदालतसम्म धाउने उनको भनाइ छ। 

‘राष्ट्रपति र प्रधानमन्त्री पनि त हाम्रै  संविधानका धाराहरूमा टेकेर, नीति नियम अनुसार नै यी पदमा पुगेका हुन्। संविधानलाई नै मान्दैनौं भन्छन् भने, लड्न जानलाई त्यो भन्दा अन्य ठाउँ पनि त छन्। न्याय पाएनौं भने अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं। म त्यो प्रक्रियामा पनि हिँडिरहेको छु। तर अझै पनि नेपालकै न्यायालयबाट न्याय पाउँछु भन्नेमा विश्वस्त छु।’

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम तत्कालिन राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएसँगै भारतले उनको स्थानमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नयाँ राजदूतका रूपमा प्रस्त... बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्