• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रेशम चौधरीको आममाफीविरुद्ध शारदा पुगिन् सर्वोच्च, न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने 

64x64
कल्पना घिमिरे मंगलबार, जेठ १६, २०८०  १७:४०
1140x725

काठमाडौं– गणतन्त्र दिवसको अवसर पारेर कैलालीको टीकापुर घटनामा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आम माफी दिए। आइतबार भएको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति पौडेलले आममाफी दिएपछि चौधरी जेलमुक्त भएका छन्।

चौधरीलाई जेलमुक्त गर्नु भनेको जघन्य अपराध भएको टीकापुर घटनामध्येकी पीडित प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायत बोहरा बताउँछिन्। चौधरीलाई जेलमुक्त गर्ने निर्णय थाहा पाएपछि उनी आइतबार मन्त्रिपरिषद्को कार्यालयमा पुगेकी थिइन्।

सञ्चारमाध्यमहरुमा मन्त्रिपरिषद्ले चौधरीलाई आममाफीका लागि सिफारिस गरेको खबरहरु आएपछि उनी निवेदन लिएर सर्वोच्च पुगिन्।

‘रेशम चौधरी थुनामुक्त हुने निर्णय मन्त्रिपरिषद्‌बाट भएको मिडियाहरुबाट थाहा पाएँ। म त निर्णय माग्न मन्त्रिपरिषद्को कार्यालयमा पनि गएकी थिएँ। निर्णयको फोटो कपी चाहियो भनेर। तर निर्णय आउन समय लाग्ने भएको खबर पाएपछि म फर्किएँ,’ उनले भनिन्, ‘एउटा निवेदन लेखेँ। निवेदन र मिडियाहरूमा आएको निर्णयको आधारमा सर्वोच्चमा रिट दर्ता गराउन गएँ। तर दर्ता गराउन ढिलो भयो। अदालतले दर्ता हुन्छ तर समय अभाव भयो भनेर पठायो। २०७२ साल भदौ ७ गते कालो दिन भएको थियो। फेरि रेशम चौधरी रिहा हुने भनिएको दिन ‘जेठ १४ गते’ कालो दिन भएको छ।’

तर, सोमबार चौधरी रिहा भएपछि उनी आक्रोशित भएकी छन्। ‘चौधरीलाई माफी दिएर रिहा गरिनु कानुनी राज्यका लागि नकारात्मक सन्देश हो। माफी मिनाहा कार्यविधि लेखन अनुसार माफी दिन नमिल्ने जघन्य अपराधको मुद्दामा मुछिएकालाई पनि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको नेतृत्वको सरकारले कार्यविधिमन्दा विपरीत भएर गरेको निर्णय राष्ट्रपतिकहाँ पठाएको राष्ट्रपतिले सदर गरेर आममाफी दिनुभएको छ। अब योभन्दा ठूलो के होला गणतन्त्रको उपहास?, उनले भनिन्।

Ncell 2
Ncell 2

कानुन र न्यायलाई नै पनि चुनौदी दिएर चौधरीलाई आममाफी दिएको उनले बताइन्। आफूलाई न्यायालयले गरिसकेका फैसलामा सरकारले हस्तक्षेप नगर्ला भन्ने लागे पनि सरकारले न्यायालयलाई नै हस्तक्षेप गरेको बताइन्।

‘सरकार पनि एउटा विधि र कानुनअनुसार चल्छ भन्ने लाग्थ्यो तर उहाँहरुका क्रियाकलपा हेर्दा उहाँहरुले आफ्नो स्वार्थका लागि जे गरे पनि अनुकूल हुनेरहेछ। सत्ता टिकाउनका लागि अदालतको फैसला पनि लत्याउँन उहाँहरुको लागि ठूलो कुरा होइन रहेछ ,’ उनी भन्छिन्, ‘टीकापुर घटनामा साहदत भएका ८ जना प्रहरी र एउटा नाबालक पो अपराधी रहेछन् अहिले अनुभव हुँदै गयो। निर्दोष चाहिँ रेशम चौधरी नै रहेछन्। त्यसो हो भने त्यतिकै ६ वर्षसम्म उनलाई कैदमा किन राखियो होला?’

चौधरी रिहा भएपछि उनी फेरि मंगलबार अदालतमा रिट दायर गर्न गएकी छन्। उनको रिट मंगलबार दर्ता भएको छ। ‘अहिले विषय फरक परिसकेको छ। अस्तिसम्मको प्रकृति फरक थियो। मन्त्रिपरिषद्को निर्णय भइसकेको हुनाले उक्त निर्णय रोकिपाउँ भन्ने थियो। अब त्यो निवेदनको औचित्य छैन। अहिले निवेदनलाई परिवर्तन गराएकी छु,’ उनले भनिन्।

अदालतबाट आफूले न्याय पाउनेबारे उनी विश्वस्त छिन्। साथै न्यायको लडाइँ पनि नछाड्ने उनको भनाइ छ। ‘पहिलो निवेदन बुझाउन जाँदा उहाँहरु सकारात्मक नै हुनुहुन्थ्यो। समय अभावका कारण छलफलपछि दर्ता गर्छु भन्नुभएको थियो। अन्तिम अवस्थासम्म पनि म न्यायका लागि लडाइँ लडिरहन्छु। अदालतले पहिला पनि न्यायपूर्ण तरिकाले फैसला गरेकाले फेरि पनि हार मान्ने छैन। सधैं अपराधिबाटै मुलुक चलिरहने त हैन होला?’ उनको प्रश्न छ।

यसअघि बालकृष्ण ढुंगेको विषयमा पनि राष्ट्रपतिले दिएको आममाफी विवादित भएपछि फिर्ता लिइएको थियो। रेशम चौधरीको हकमा पनि फिर्ता हुनसक्ने उनी बताउँछिन्। आफूले देशभित्र न्याय नपाए अन्तर्राष्ट्रिय अदालतसम्म धाउने उनको भनाइ छ। 

‘राष्ट्रपति र प्रधानमन्त्री पनि त हाम्रै  संविधानका धाराहरूमा टेकेर, नीति नियम अनुसार नै यी पदमा पुगेका हुन्। संविधानलाई नै मान्दैनौं भन्छन् भने, लड्न जानलाई त्यो भन्दा अन्य ठाउँ पनि त छन्। न्याय पाएनौं भने अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं। म त्यो प्रक्रियामा पनि हिँडिरहेको छु। तर अझै पनि नेपालकै न्यायालयबाट न्याय पाउँछु भन्नेमा विश्वस्त छु।’

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने ‘साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । अब समय थप हुँदैन । मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजन... मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटे... मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको भन्दै निर... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्