घोराही– जाजरकोट भूकम्पका पीडितलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि दाङको घोराही उपमहानगरपालिकाले १५ लाख सहयोग गर्ने निर्णय गरेको छ।
आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी १ हजार ३६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्ने निर्णय गरेको हो।
शुक्रबार जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिको परिवारको राहत, उद्धार तथा पुरस्थापनाका लागि प्रदेश सरकारसँगै स्थानीय तहहरुले पनि सहयोग रकम घोषणा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।