बर्दिया– जाजरकोट भूकम्पका पीडितलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बर्दियाको बारबर्दिया नगरपालिकाले ५ लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ।
आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट ५ लाख २५ हजार दिने निर्णय गरेको हो।
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्याउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।