गलकोट– जाजरकोट भूकम्पका पीडितलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बागलुङ जिल्लाका १० स्थानीय तहले एकमुष्ट ३० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएका छन्।
४ नगरपालिका र ६ गाउँपालिकाले संयुक्त रुपमा सहयोग रकम संकलन गरेर उपलब्ध गराउने भएका हुन्। बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार ४ नगरपालिकाले ३ लाख ७५ हजारका दरले सहयोग रकम उपलब्ध गराउने भएका छन्। यस्तै, ६ वटा गाउँपालिकाले २ लाख ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने भएका छन्।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताए।
भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य संघमार्फत् कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।