काठमाडौं– शुक्रबार राति जाजारकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका पीडितहरुलाई राहत रकम जुट्दै गएको छ।
विभिन्न संघ संस्थाहरुले सहयोगको घोषणा गरिरहँदा आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सहयोग घोषणा गरेको छ।
प्राधिकरणले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको हो।
त्यस्तै नेपालगन्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय पनि प्राधिकरणले गरेको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै भूकम्पका लागि प्रयोग भएका वायुयानहरुको शुल्क नलिने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।