काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन गर्दै उद्धार, राहत तथा खोजीमा जुट्न अपिल गरेको छ।
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प मानवीय र भौतिक क्षतिका साथै मानव अधिकारको अवस्था अनुगमन गर्दै आयोगले सरकारलाई पीडितहरुलाई पुनर्स्थापनामा तिव्रता दिन आग्रह गरेको छ।
आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितहरुको मानव अधिकार अवस्थाबारे अनुगमन गर्दै भूकम्पमा परी घाइते भएकाहरुको उद्धार, निशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवं खोज कार्यमा जुट्न आयोग नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।