काठमाडौं- उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिन भित्र आवश्यक राहत सामग्री पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।
रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनर्स्थापनामा लागेको बताए।
उनले आज र भोलिसम्ममा राहतका सबै सामग्रीहरू जिल्लामा पुर्याइसक्ने बताए। शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकोप्टरसहित स्काई टकले बिरामीहरुको उद्धार गरेको थियो भने आइतबारदेखि राहत सामग्रीहरू सेनाका हेलिकोप्टरले ढुवानी गरिररहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।