काठमाडौं– जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो।
त्यस्तै, भुकम्प गएका जिल्लाहरुमा राहत र पुनर्स्थापनाको कार्य पनि तीव्र रुपमा अघि वढाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै भूकम्पका सबै घाइतेको नि:शुल्क उपचार गर्ने घोषणा गरेकोमा मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय गरेको जानकारी दिए।
उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको र मन्त्रिपरिषद्बाट स्वीकृत भएको बताए।
भूकम्प पीडितहरुको उद्धारको काम लगभग सकिएको मन्त्रिपरिषद्को निष्कर्ष छ। अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिइने सरकारले निष्कर्ष निकालेको छ। खाद्यान्न, त्रिपाल र टेन्टहरु प्रभावित क्षेत्रमा पठाउने र आइतबारबाछ खाद्यान्य पनि वितरण सुरु हुने मन्त्री बस्नेले जानकारी दिए।
विभिन्न देशहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको भन्दै उनले सहयोग लिनेबारे सरकारले मापदण्ड बनाएर एककद्वारमा गरिने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।