• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सेरेनाको रिसले ओझेलमा ओसाकाको जित

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०८:५२
1140x725

एजेन्सी– सेरेना विलियम्सका लागि आइतबार इतिहास बनाउने मौका थियो। युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलको फाइनलमा पुगेकी सेरेना जापानकी नाओमी ओसाकासँग भिड्दै थिइन्। 

२३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी अमेरिकी टेनिस स्टार सेरेना ओसाकालाई पराजित गर्दै मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक ग्रान्डस्लाम जित्ने उपाधि बराबरी गर्ने लक्ष्यमा थिइन्। अस्ट्रेलियाकी कोर्ट सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने एक्ली खेलाडी हुन्। 

वर्तमान पुस्ताकी सर्वश्रेष्ठ टेनिस खेलाडी सेरेना गत वर्ष आमा बनेकी थिइन्। आमा बनेपछि पनि कोर्टमा फर्किएकी सेरेनालाई रोजर फोडेररले शताब्दीकै उत्कृष्ट टेनिस खेलाडीको संज्ञा दिएका थिए। उमेरले ३६ काट्दासमेत फुर्तिली र उत्कृष्ट देखिने सेरेनाका विश्वभर करोडौं समर्थक छन्। ती समर्थकलाई खुसी तुल्याएर इतिहास बनाउने मौका रहेको आइतबारको खेलमा सेरेना सम्हालिन सकिनन्। 

पहिलो सेट हारेकी सेरेना दोस्रो सेटमा अम्पायरमाथि गालीगलौजमा उत्रिइनन्। र्‍याकेट भुइँमा बजार्दै कराइन्। उनले अभद्र व्यवहार देखाएपछि अहिले विश्व टेनिस तातेको छ। अधिकांशले सेरेनाको व्यवहारको आलोचना गरेका छन्। 

सेरेनाले आक्रामक व्यवहार देखाएका कारण दुई जना भने बिनाकसुर प्रभावित भएका छन्, फाइनलमा सेरेनासँग भिडेकी जापानकी ओसाका र खेलका अम्पायर कार्लोस रामोस। 

उत्कृष्ट प्रदर्शन गरेर फाइनलको यात्रा गरेकी उनलाई प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा लिइएको थियो। कार्लोस टेनिसका उत्कृष्ट अम्पायर हुन्।

आइतबारको रात विश्व टेनिसले ठूलो खुसी मनाउनुपर्थ्यो। एक नयाँ प्रतिभा उदाएको खुसीमा झुम्नुपर्थ्यो। तर त्यसो हुन सकेन। ग्रान्डस्लाम पहिलो जितेकी ओसाकाको भन्दा बढी चर्चा सेरेनाको रिसको भयो।

Ncell 2
Ncell 2
nimb
nimb

सेरेना खेलका दौरान आक्रामक बनेको यो पहिलो पटक होइन। सन् २००९ मा पनि उनले लाइन जर्जलाई धम्की दिएकी थिइन्। सन् २०११ मा पनि सेरेना अम्पायर इभा एस्डाराकीसँग झगडामा उत्रिएका थिइन्। उनले इभालाई ‘मन नपर्ने’ र ‘भित्रैदेखि आकर्षण नभएको महिला’को संज्ञा दिइन्।

सेरेना पछिल्लो समय दबाबमा भएकाले पनि आक्रामक भएको विश्लेषण गरिएको छ। किनकि उनी आमा बनेपछि भर्खर खेलमा फर्किएकी छिन्। यस वर्षको विम्बल्डन ओपनमा दौरान सेरेनाका एजेन्ट जिल स्मोलरले सेरेनाबारे धेरै कुरा खोलेका थिए। सेरेनामाथिको दबाब र उनको समस्याबारे बताइरहँदा उनले सेरेना वर्तमान पुस्ताको सर्वश्रेष्ठ खेलाडी बताएका थिए।

उनी महान् टेनिस खेलाडी बन्नबाट एक खुड्किलो मात्र टाढा थिइन्। त्यो खुड्किलो आइतबार नै हात पार्न खोज्दा सेरेना दबाबमा आएकी हुन्। यो कुरा प्रतिद्वन्द्वी ओसाकाले पनि बुझेकी थिइन्। उनले फाइनलमा भएको घटना सेरेनाले जसरी पनि उपाधि जित्ने चाहेकाले भएको संकेत गरिन्। उनले भनेकी छिन्, ‘उनी वास्तवमै २४औं ग्रान्डस्लाम उपाधि जित्न चाहन्थिन्, होइन? यो सबैलाई थाहा छ र सबै ठाँउमा यस्तो हुन्छ।' 

खेल समाप्तिपश्चात् प्रतिक्रिया दिँदै ओसाकाले सेरेनाको चर्को आवाजले फ्लसिङ मिडोज एरिना नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढंगबाट लिएको प्रतिक्रिया दिएका थिइन्। ‘मलाई अतिरिक्त अंक दिइएको थियो र यसबाट म केही असमन्जसमा परेकी थिएँ,' ओसाकाले भनिन्, 'तर मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ। सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ।’ 

Xtrem

Xtrem

सेरेनालाई आदर्श महिला मान्दै आएकी ओसाकाले भनिन्, ‘युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो। मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु।’

खेलपछि केही शान्त देखिएकी सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्न खोजेकी थिइन्। उनले भनिन्, ‘होइन, ओसाकाले ज्यादै राम्रो खेलिन्। यो उनको पहिलो ग्रान्डस्लाम हो। हामी सबैले उनलाई सम्मान गर्नुपर्दछ।’

के भएको थियो?
खेल चलिरहँदा प्रशिक्षकले सिकाउन नपाइने नियम छ। तर सेरेनाका प्रशिक्षक प्याट्रिक मोउराटोग्लोउले खेल चलिरहँदा सिकाएको भन्दै अम्पयार रामोसले चेतावनी दिए। जसका कारण ओसाकाले नम्बर पाइन्। तर सेरेनाले आफूलाई प्रशिक्षकले नसिकाएको भन्दै तत्काल प्रतिवाद गरेकी थिइन्। 

लगत्तै प्रशिक्षक प्याट्रिकले सेरेनालाई सिकाइरहेको टिभी फुटेजमा देखिएको थियो। प्याट्रिकले केही भनिरहँदा सेरेना अनभिज्ञ जस्तै देखिएकी थिइन्। 

फेरि अम्पायरले सेरेनाले खेल भावनाविपरीत व्यवहार देखाएको भन्दै अंक काटिदिएका थिए। दोस्रो सेटमा ओसाकाले ४–३ ले अग्रता दिलाइरहँदा अम्पायरसँग विवाद गर्दै भनेकी थिइन्, ‘तपाईं झुटा हो। जबसम्म तपाईं रहनुहुन्छ, मेरो पक्षमा खेल देख्नुहुन्न। तपाईं मलाई कहिले माफी दिनुहुन्छ?’ 

यसरी झगडाकै बीच ओसाकाले खेल जित्दै पहिलो पटक ग्रान्डस्लामको उपाधि जितिन्। तर उनको जितभन्दा पनि सेरेनाको रिसमाथि माहोल केन्द्रित थियो। सेरेनाले खेलपछि अम्पायरसँग हात मिलाउन अस्विकार गरेकी थिइन्।

के छ नियम? 
आइटिएफ ग्रान्ड स्लामको नियमअनुसार खेलका दौरान गौलीगलौजमा उत्रन पाइँदैन। अफिसियल, प्रतिद्वन्द्वी, प्रायोजक र दर्शकलाई गाली गरे दण्ड हुने व्यवस्था छ। यस्तै जानाजानी खेल सामग्री फुटाए पनि सजाय हुने व्यवस्था छ। 

यस्तै खेलाडीले खेलका दौरान प्रशिक्षकबाट कुनै किसिमको सुझाव लिन नपाइने नियम छ। खेल चलिरहँदा  प्रशिक्षकसँग कुराकानी गर्न पाइँदैन।

भिडियो :

(अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका बिहीबार, असोज ८, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्