• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सेरेनाको रिसले ओझेलमा ओसाकाको जित

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०८:५२
1140x725

एजेन्सी– सेरेना विलियम्सका लागि आइतबार इतिहास बनाउने मौका थियो। युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलको फाइनलमा पुगेकी सेरेना जापानकी नाओमी ओसाकासँग भिड्दै थिइन्। 

२३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी अमेरिकी टेनिस स्टार सेरेना ओसाकालाई पराजित गर्दै मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक ग्रान्डस्लाम जित्ने उपाधि बराबरी गर्ने लक्ष्यमा थिइन्। अस्ट्रेलियाकी कोर्ट सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने एक्ली खेलाडी हुन्। 

वर्तमान पुस्ताकी सर्वश्रेष्ठ टेनिस खेलाडी सेरेना गत वर्ष आमा बनेकी थिइन्। आमा बनेपछि पनि कोर्टमा फर्किएकी सेरेनालाई रोजर फोडेररले शताब्दीकै उत्कृष्ट टेनिस खेलाडीको संज्ञा दिएका थिए। उमेरले ३६ काट्दासमेत फुर्तिली र उत्कृष्ट देखिने सेरेनाका विश्वभर करोडौं समर्थक छन्। ती समर्थकलाई खुसी तुल्याएर इतिहास बनाउने मौका रहेको आइतबारको खेलमा सेरेना सम्हालिन सकिनन्। 

पहिलो सेट हारेकी सेरेना दोस्रो सेटमा अम्पायरमाथि गालीगलौजमा उत्रिइनन्। र्‍याकेट भुइँमा बजार्दै कराइन्। उनले अभद्र व्यवहार देखाएपछि अहिले विश्व टेनिस तातेको छ। अधिकांशले सेरेनाको व्यवहारको आलोचना गरेका छन्। 

सेरेनाले आक्रामक व्यवहार देखाएका कारण दुई जना भने बिनाकसुर प्रभावित भएका छन्, फाइनलमा सेरेनासँग भिडेकी जापानकी ओसाका र खेलका अम्पायर कार्लोस रामोस। 

उत्कृष्ट प्रदर्शन गरेर फाइनलको यात्रा गरेकी उनलाई प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा लिइएको थियो। कार्लोस टेनिसका उत्कृष्ट अम्पायर हुन्।

आइतबारको रात विश्व टेनिसले ठूलो खुसी मनाउनुपर्थ्यो। एक नयाँ प्रतिभा उदाएको खुसीमा झुम्नुपर्थ्यो। तर त्यसो हुन सकेन। ग्रान्डस्लाम पहिलो जितेकी ओसाकाको भन्दा बढी चर्चा सेरेनाको रिसको भयो।

Ncell 2
Ncell 2
nimb
nimb

सेरेना खेलका दौरान आक्रामक बनेको यो पहिलो पटक होइन। सन् २००९ मा पनि उनले लाइन जर्जलाई धम्की दिएकी थिइन्। सन् २०११ मा पनि सेरेना अम्पायर इभा एस्डाराकीसँग झगडामा उत्रिएका थिइन्। उनले इभालाई ‘मन नपर्ने’ र ‘भित्रैदेखि आकर्षण नभएको महिला’को संज्ञा दिइन्।

सेरेना पछिल्लो समय दबाबमा भएकाले पनि आक्रामक भएको विश्लेषण गरिएको छ। किनकि उनी आमा बनेपछि भर्खर खेलमा फर्किएकी छिन्। यस वर्षको विम्बल्डन ओपनमा दौरान सेरेनाका एजेन्ट जिल स्मोलरले सेरेनाबारे धेरै कुरा खोलेका थिए। सेरेनामाथिको दबाब र उनको समस्याबारे बताइरहँदा उनले सेरेना वर्तमान पुस्ताको सर्वश्रेष्ठ खेलाडी बताएका थिए।

उनी महान् टेनिस खेलाडी बन्नबाट एक खुड्किलो मात्र टाढा थिइन्। त्यो खुड्किलो आइतबार नै हात पार्न खोज्दा सेरेना दबाबमा आएकी हुन्। यो कुरा प्रतिद्वन्द्वी ओसाकाले पनि बुझेकी थिइन्। उनले फाइनलमा भएको घटना सेरेनाले जसरी पनि उपाधि जित्ने चाहेकाले भएको संकेत गरिन्। उनले भनेकी छिन्, ‘उनी वास्तवमै २४औं ग्रान्डस्लाम उपाधि जित्न चाहन्थिन्, होइन? यो सबैलाई थाहा छ र सबै ठाँउमा यस्तो हुन्छ।' 

खेल समाप्तिपश्चात् प्रतिक्रिया दिँदै ओसाकाले सेरेनाको चर्को आवाजले फ्लसिङ मिडोज एरिना नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढंगबाट लिएको प्रतिक्रिया दिएका थिइन्। ‘मलाई अतिरिक्त अंक दिइएको थियो र यसबाट म केही असमन्जसमा परेकी थिएँ,' ओसाकाले भनिन्, 'तर मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ। सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सेरेनालाई आदर्श महिला मान्दै आएकी ओसाकाले भनिन्, ‘युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो। मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु।’

खेलपछि केही शान्त देखिएकी सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्न खोजेकी थिइन्। उनले भनिन्, ‘होइन, ओसाकाले ज्यादै राम्रो खेलिन्। यो उनको पहिलो ग्रान्डस्लाम हो। हामी सबैले उनलाई सम्मान गर्नुपर्दछ।’

के भएको थियो?
खेल चलिरहँदा प्रशिक्षकले सिकाउन नपाइने नियम छ। तर सेरेनाका प्रशिक्षक प्याट्रिक मोउराटोग्लोउले खेल चलिरहँदा सिकाएको भन्दै अम्पयार रामोसले चेतावनी दिए। जसका कारण ओसाकाले नम्बर पाइन्। तर सेरेनाले आफूलाई प्रशिक्षकले नसिकाएको भन्दै तत्काल प्रतिवाद गरेकी थिइन्। 

लगत्तै प्रशिक्षक प्याट्रिकले सेरेनालाई सिकाइरहेको टिभी फुटेजमा देखिएको थियो। प्याट्रिकले केही भनिरहँदा सेरेना अनभिज्ञ जस्तै देखिएकी थिइन्। 

फेरि अम्पायरले सेरेनाले खेल भावनाविपरीत व्यवहार देखाएको भन्दै अंक काटिदिएका थिए। दोस्रो सेटमा ओसाकाले ४–३ ले अग्रता दिलाइरहँदा अम्पायरसँग विवाद गर्दै भनेकी थिइन्, ‘तपाईं झुटा हो। जबसम्म तपाईं रहनुहुन्छ, मेरो पक्षमा खेल देख्नुहुन्न। तपाईं मलाई कहिले माफी दिनुहुन्छ?’ 

यसरी झगडाकै बीच ओसाकाले खेल जित्दै पहिलो पटक ग्रान्डस्लामको उपाधि जितिन्। तर उनको जितभन्दा पनि सेरेनाको रिसमाथि माहोल केन्द्रित थियो। सेरेनाले खेलपछि अम्पायरसँग हात मिलाउन अस्विकार गरेकी थिइन्।

के छ नियम? 
आइटिएफ ग्रान्ड स्लामको नियमअनुसार खेलका दौरान गौलीगलौजमा उत्रन पाइँदैन। अफिसियल, प्रतिद्वन्द्वी, प्रायोजक र दर्शकलाई गाली गरे दण्ड हुने व्यवस्था छ। यस्तै जानाजानी खेल सामग्री फुटाए पनि सजाय हुने व्यवस्था छ। 

यस्तै खेलाडीले खेलका दौरान प्रशिक्षकबाट कुनै किसिमको सुझाव लिन नपाइने नियम छ। खेल चलिरहँदा  प्रशिक्षकसँग कुराकानी गर्न पाइँदैन।

भिडियो :

(अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्