• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तिहार आइसक्यो, दशैंअघि ल्याउनुपर्ने चिनी अझै आएन, जीटुजीको २५ हजार मेट्रिक टन चिनी कहिले आउला?

64x64
कल्पना घिमिरे शुक्रबार, कात्तिक १७, २०८०  १८:२०
1140x725

काठमाडौं– मंगलबार दिउँसो अनामनगरस्थित बिगमार्टमा एक बोरा चिनी ल्याइएको थियो। चिनी आयो भन्ने सूचना पाउने जति मानिहरु चिनी लिन लाइन लागिसकेका थिए।

उक्त बोरा चिनी गाडीबाट अनलोड गर्नेबित्तिकै त्यहाँका कर्मचारीले खोले। एक व्यक्तिलाई प्रतिकिलो १२५ का दरले एक/एक किलो चिनी बिक्री गरे।

१० मिनेटमै एक बोरा चिनी सकियो। चिनी किन्न पछि आइपुग्नेले पाएनन्। सो चिनी खुद्राव्यापार संघबाट ल्याइएको त्यहाँका एक कर्मचारीले बताए।

सरकारले खुद्रा व्यापार संघसँग सहकार्य गरी चिनी प्रतिकिलो ११५ रुपैयाँका दरले बिक्री गर्न निर्देशन दिइएको छ। तर केही पसलले भने खुद्रा व्यापार संघबाट चिनी ल्याएर तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरिएको पाइन्छ।

अहिले खुद्रा पसलहरुमा त झनै महँगो छ। त्यस्ता पसलहरुमा चिनी पाउन मुस्किल छ। पाइहाले पनि प्रतिकिलो १६० रुपैयाँभन्दा घटीमा नपाइने अवस्था छ।

खुद्रा व्यापार संघका अध्यक्ष नरेशबाबु शाहीले संघमा आबद्ध सदस्य व्यापारीहरुलाई मात्र चिनी दिएको बताउँछन्। यस्तै उक्त चिनी प्रतिकिलो ११५ रुपैयाँमा नै बिक्री भइरहेको उनको भनाइ छ।

दशैंको बेला चिनीको अत्यधिक माग थियो, तर चिनी पर्याप्त नहुँदा हाहाकार भएको थियो। केही जिल्लामा चिनी पाइए पनि काठमाडौंमा भने अझै अभाव रहेको छ।

तिहारमा चिनीको प्रयोग अत्याधिक हुने हुँदा दशैंमा भन्दा  माग बढ्छ। तर बजारमा माग अनुसार चिनी उपलब्ध छैन। तिहारमा चिनीको अभावको समस्या हटाउन बिहीबार  प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलार्ई निर्देशन दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तिहारअघि २५ हजार मेट्रिक टन चिनी ल्याउने
सरकारले तिहारअघि भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ। सरकारले तिहारमा अभाव नहोस् भनेर जीटुजीमार्फत् २५ हजार मेट्रिक टन चिनी आयात गर्ने वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए। सो चिनी सरकारले किनेर साल्ट ट्रेडिङ र खाद्यसंस्थान मार्फत बिक्री वितरण गरिने उनले बताए।

भारत सरकारद्वारा (जीटुजी) प्रक्रियाअन्तर्गत नेपाललाई २५ हजार टन चिनी उपलब्ध गराउने कोटा छुट्टयाएको निर्णय बिहीबार गरेको थियो। सो निर्णय गरेसँगै चिनी आयात गर्न नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् शुक्रबारै भारत सरकारलाई पत्राचार गरिसकेको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार नेपालले शुक्रबार नै उक्त परिमाणमध्ये तत्काल २० हजार टन चिनी उपलब्ध गराइदिन परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्राचार गरेको हो। भारतले तोकेको कोटाको चिनी आगामी सन् २०२४ सेप्टेम्बर ३० तारिखभित्र नेपालले खरिद गरि सक्नुपर्ने समयसीमा पनि तोकेको छ।

दशैंअघि ल्याउने भनिएको चिनी अझै आएन
यसअघि सरकारले दशैं, तिहार र छठलाई लक्षित गर्दै चिनी आयात गर्न ५० प्रतिशत भन्सार छुटमा गत भदौ २७ गते खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०/१० हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिइएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चिनी आयात गर्दा भन्सार शुल्क ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था भए पनि साल्ट र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अर्थ मन्त्रालयले अनुमति प्रदान गरेको थियो।

तर ढिलो गरी आयात गर्न अनुमति दिँदा लामो प्रक्रियाका कारण तत्कालै यो चिनी आउन नसकेको संस्थानकी सूचना अधिकारी सर्मिला न्यौपानेले बताइन्।

सबै प्रक्रिया पूरा गरेपछि कम्तिमा ३ महिनाको अवधिमा मात्रै चिनी आयात गर्न सकिने उनको भनाइ छ। अर्थ मन्त्रालयले चिनी आयात गर्न अनुमति दिइएपछि संस्थानले असोज १० गते ग्लोबल टेण्डर आह्वान गरिएको उनले बताइन्।

सार्वजनिक खरिद ऐनअनुसार टेण्डर आह्वान सूचनाको अवधी ४५ दिनको हुने र यसपछि मूल्यांकनमा करिब १ साता, आशय पत्रमा १५ दिन, त्यसपछि टेण्डर छनोट गरी सम्झौता गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुँदा लामो समय लाग्छ।

‘यो सबै प्रक्रिया पूरा गरेपछि बल्ल ३ महिनापछि चिनी भित्रिन सुरु हुनेछ,’ उनले भनिन्, ‘हामीले चाहेर पनि आवश्यक परेको बेलामा चिनी आयात गर्न सक्ने अवस्था छैन।’

सरकारले चिनी आयात गर्न अनुमति दिएलगत्तै साल्ट ट्रेडिङले पनि टेण्डरमार्फत् चिनी आयात गर्न असोज ५ गते १५ दिने छोटो अवधिको सूचना सार्वजनिक गर्दै ग्लोवल टेण्डर आह्वान गरेको थियो। सबै प्रक्रिया सकेर दसैंअघिसम्म चिनी भित्र्याउने लक्ष्य थियो। तर उक्त चिनी अझै कहिले आउने आउने पत्तो लागेको छैन।

तिहारमा चिनी अभाव हुन नदिन प्रहरी परिचालन 
नेपालमा वार्षिक ३ लाख टन चिनीको माग छ। यसमध्ये करिब २ लाख ५० हजार टन मात्रै स्वदेशी उद्योगबाट उत्पादन हुँदै आएको छ। बाँकी ५० हजार टन आयात गर्नुपर्ने बाध्यता छ।

वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने चिनीको ७० प्रतिशत चिनी विभिन्न पेय पदार्थ, मिठाइ, चकलेट, बिस्कुटलगायतका उद्योगहरुमा आपूर्ति हुने गर्दछ।

नेपाली चिनी उद्योगहरूले आम उपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी नपठाइ ठूला उद्योगलाई आपूर्ति गर्न गोदाममै राख्ने गरेको पनि भेटिएको छ। उपभोक्तालाई चिनी वितरणका लागि प्रहरी प्रशासन परिचालन गरिएको पनि प्रवक्ता पोखरेलले बताए।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिने विभागले जनाएको छ। कतिपय पसलहरूले प्रतिकिलो १६० रुपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकोले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्