• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तिहार आइसक्यो, दशैंअघि ल्याउनुपर्ने चिनी अझै आएन, जीटुजीको २५ हजार मेट्रिक टन चिनी कहिले आउला?

64x64
कल्पना घिमिरे शुक्रबार, कात्तिक १७, २०८०  १८:२०
1140x725

काठमाडौं– मंगलबार दिउँसो अनामनगरस्थित बिगमार्टमा एक बोरा चिनी ल्याइएको थियो। चिनी आयो भन्ने सूचना पाउने जति मानिहरु चिनी लिन लाइन लागिसकेका थिए।

उक्त बोरा चिनी गाडीबाट अनलोड गर्नेबित्तिकै त्यहाँका कर्मचारीले खोले। एक व्यक्तिलाई प्रतिकिलो १२५ का दरले एक/एक किलो चिनी बिक्री गरे।

१० मिनेटमै एक बोरा चिनी सकियो। चिनी किन्न पछि आइपुग्नेले पाएनन्। सो चिनी खुद्राव्यापार संघबाट ल्याइएको त्यहाँका एक कर्मचारीले बताए।

सरकारले खुद्रा व्यापार संघसँग सहकार्य गरी चिनी प्रतिकिलो ११५ रुपैयाँका दरले बिक्री गर्न निर्देशन दिइएको छ। तर केही पसलले भने खुद्रा व्यापार संघबाट चिनी ल्याएर तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरिएको पाइन्छ।

अहिले खुद्रा पसलहरुमा त झनै महँगो छ। त्यस्ता पसलहरुमा चिनी पाउन मुस्किल छ। पाइहाले पनि प्रतिकिलो १६० रुपैयाँभन्दा घटीमा नपाइने अवस्था छ।

खुद्रा व्यापार संघका अध्यक्ष नरेशबाबु शाहीले संघमा आबद्ध सदस्य व्यापारीहरुलाई मात्र चिनी दिएको बताउँछन्। यस्तै उक्त चिनी प्रतिकिलो ११५ रुपैयाँमा नै बिक्री भइरहेको उनको भनाइ छ।

दशैंको बेला चिनीको अत्यधिक माग थियो, तर चिनी पर्याप्त नहुँदा हाहाकार भएको थियो। केही जिल्लामा चिनी पाइए पनि काठमाडौंमा भने अझै अभाव रहेको छ।

तिहारमा चिनीको प्रयोग अत्याधिक हुने हुँदा दशैंमा भन्दा  माग बढ्छ। तर बजारमा माग अनुसार चिनी उपलब्ध छैन। तिहारमा चिनीको अभावको समस्या हटाउन बिहीबार  प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलार्ई निर्देशन दिएका थिए।

Ncell 2
Ncell 2

तिहारअघि २५ हजार मेट्रिक टन चिनी ल्याउने
सरकारले तिहारअघि भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ। सरकारले तिहारमा अभाव नहोस् भनेर जीटुजीमार्फत् २५ हजार मेट्रिक टन चिनी आयात गर्ने वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए। सो चिनी सरकारले किनेर साल्ट ट्रेडिङ र खाद्यसंस्थान मार्फत बिक्री वितरण गरिने उनले बताए।

भारत सरकारद्वारा (जीटुजी) प्रक्रियाअन्तर्गत नेपाललाई २५ हजार टन चिनी उपलब्ध गराउने कोटा छुट्टयाएको निर्णय बिहीबार गरेको थियो। सो निर्णय गरेसँगै चिनी आयात गर्न नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् शुक्रबारै भारत सरकारलाई पत्राचार गरिसकेको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार नेपालले शुक्रबार नै उक्त परिमाणमध्ये तत्काल २० हजार टन चिनी उपलब्ध गराइदिन परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्राचार गरेको हो। भारतले तोकेको कोटाको चिनी आगामी सन् २०२४ सेप्टेम्बर ३० तारिखभित्र नेपालले खरिद गरि सक्नुपर्ने समयसीमा पनि तोकेको छ।

दशैंअघि ल्याउने भनिएको चिनी अझै आएन
यसअघि सरकारले दशैं, तिहार र छठलाई लक्षित गर्दै चिनी आयात गर्न ५० प्रतिशत भन्सार छुटमा गत भदौ २७ गते खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०/१० हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिइएको थियो। 

चिनी आयात गर्दा भन्सार शुल्क ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था भए पनि साल्ट र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अर्थ मन्त्रालयले अनुमति प्रदान गरेको थियो।

तर ढिलो गरी आयात गर्न अनुमति दिँदा लामो प्रक्रियाका कारण तत्कालै यो चिनी आउन नसकेको संस्थानकी सूचना अधिकारी सर्मिला न्यौपानेले बताइन्।

सबै प्रक्रिया पूरा गरेपछि कम्तिमा ३ महिनाको अवधिमा मात्रै चिनी आयात गर्न सकिने उनको भनाइ छ। अर्थ मन्त्रालयले चिनी आयात गर्न अनुमति दिइएपछि संस्थानले असोज १० गते ग्लोबल टेण्डर आह्वान गरिएको उनले बताइन्।

सार्वजनिक खरिद ऐनअनुसार टेण्डर आह्वान सूचनाको अवधी ४५ दिनको हुने र यसपछि मूल्यांकनमा करिब १ साता, आशय पत्रमा १५ दिन, त्यसपछि टेण्डर छनोट गरी सम्झौता गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुँदा लामो समय लाग्छ।

‘यो सबै प्रक्रिया पूरा गरेपछि बल्ल ३ महिनापछि चिनी भित्रिन सुरु हुनेछ,’ उनले भनिन्, ‘हामीले चाहेर पनि आवश्यक परेको बेलामा चिनी आयात गर्न सक्ने अवस्था छैन।’

सरकारले चिनी आयात गर्न अनुमति दिएलगत्तै साल्ट ट्रेडिङले पनि टेण्डरमार्फत् चिनी आयात गर्न असोज ५ गते १५ दिने छोटो अवधिको सूचना सार्वजनिक गर्दै ग्लोवल टेण्डर आह्वान गरेको थियो। सबै प्रक्रिया सकेर दसैंअघिसम्म चिनी भित्र्याउने लक्ष्य थियो। तर उक्त चिनी अझै कहिले आउने आउने पत्तो लागेको छैन।

तिहारमा चिनी अभाव हुन नदिन प्रहरी परिचालन 
नेपालमा वार्षिक ३ लाख टन चिनीको माग छ। यसमध्ये करिब २ लाख ५० हजार टन मात्रै स्वदेशी उद्योगबाट उत्पादन हुँदै आएको छ। बाँकी ५० हजार टन आयात गर्नुपर्ने बाध्यता छ।

वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने चिनीको ७० प्रतिशत चिनी विभिन्न पेय पदार्थ, मिठाइ, चकलेट, बिस्कुटलगायतका उद्योगहरुमा आपूर्ति हुने गर्दछ।

नेपाली चिनी उद्योगहरूले आम उपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी नपठाइ ठूला उद्योगलाई आपूर्ति गर्न गोदाममै राख्ने गरेको पनि भेटिएको छ। उपभोक्तालाई चिनी वितरणका लागि प्रहरी प्रशासन परिचालन गरिएको पनि प्रवक्ता पोखरेलले बताए।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिने विभागले जनाएको छ। कतिपय पसलहरूले प्रतिकिलो १६० रुपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकोले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्