काठमाडौं- साविक विजेता म्यानचेष्टर युनाइटेड न्युकासल युनाइटेडसँग ३-० ले पराजित भएको छ। यो हारसँगै म्यानचेष्टर युनाइटेड ईएफएल कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ।
बुधबार राति भएको खेलमा युनाइटेड न्युकासलसँग ३-० ले पराजित भएको हो। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा न्युकासलका लागि मिगुएल अल्मिरवनले २८औं, लेविस अलले ३६औं र जोसेफ विल्लकले ६०औ मिनेटमा गोल गरे।
न्युकासलले अब क्वाटरफाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीले ब्ल्याकवर्न रोभर्सलाई २-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको हो।
यस्तै लिभरपुलले बर्नमाउथलाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान सुरिक्षत गर्यो भने वेष्टहमले आर्सनललाई ३-१ ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।