बारा– स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रिन्सीपल रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ।
सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ।
सर्राफको सोमबार दिउँसो गोली हानी हत्या गरिएको थियो। मोटरसाइकलमा आएका दुई जनाले उनलाई गोली प्रहार गरेका थिए।
गोली लागेर गम्भीर घाइते भएका सर्राफलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।