पेरिस- युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा विश्व च्याम्पियन फ्रान्सले नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गरेको छ। समूह ए-१ को खेलमा फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरेका थिए।
एमबाप्पेले खेलको १४ मिनेटमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए। तर ६७ मिनेटमा नेदरल्यान्ड्सका बाबेलले गोल गरेर खेललाई बराबरीमा ल्याउन सफल भए। ७४ मिनेटमा फ्रान्सले दोस्रो पटक अग्रता लिन सफल भयो। जिरुडले गोल गर्दै फ्रान्सलाई जिततर्फ अघि बढाएका थिए।
अन्य खेलमा डेनमार्कले वेस्सलाई २-० गोलले पराजित गरेको छ। युक्रेनले स्लोभाकियालाई १-०, बुल्गेरियाले नर्बेलाई १-०, जर्जियाले लाट्भियालाई पनि १-० ले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।