दक्षिण कोरिया- सवारीको ठक्करबाट कोरियाको गिम्पो सहरमा एक नेपालीको मृत्यु भएको छ। मृतक पर्साकाओमप्रकाश चौधरी रहेको कोरिया स्थित नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए। उनी दोस्रो कार्यकालका लागि कोरिया आएका थिए।
बजारबाट फर्कने क्रममा साइकलमा यात्रा गरिरहेका चौधरीलाई पछाडिबाट आएको गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
घटनाबारे मृतकका परिवारलाई जानकारी गराइएको बाँस्तोलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।