न्युयोर्क- सर्वियन टेनिस स्टार नोभाक जोकोविचले युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलको उपाधि जितेका छन्।
जोकोविचले अर्जेन्टियन टेनिस खेलाडी जुवान मार्टिन डेल पोर्ट्रोलाई ६-३, ७-६ (७-४) र ६-३ को सोझो सेटमा पराजित गर्दै १४औं ग्रान्डस्लामको उपाधि कब्जा गरेका हुन्। योसँगै उनले पिट साप्रासको १४ ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमान बराबरी गरेका छन्।
३१ वर्षीय जोकोविचले यो वर्ष विम्बल्डन ओपनको उपाधि जितेका थिए। जितसँगै उनी विश्व वरीयतामा चौथो स्थानमा उक्लनेछन्।
जोकोेविचले योसँगै तेस्रो पटक युएस ओपनको उपाधि जितेका हुन्। यसअघि उनले सन् २०११ र २०१५ मा युएस ओपनको उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।