काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ भएको बताएका छन्।
चार दिने नेपाल भ्रमणको क्रममा गएराति १ बजे नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजन विहीन’ भएको टिप्पणी गरेका हुन्। उनले यस भ्रमण आश्चर्यजनकसमेत रहेको बताएका छन्।
‘अतिथिलाई स्वागत छ तर...’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप रहेको छ।
‘इजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहिन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।’
आज प्रधानमन्त्री प्रचण्डले उनको उनको सम्मानमा सोल्टी होटलमा दिने रात्रिभोजमा आमन्त्रित थापा सहभागी नहुनेसमेत स्रोतले जनाएको छ।
संक्रमणकालीन न्यायका धेरै काम टुंगो नलागिसकेको अवस्थामा यस्तो कार्यमा थापाको विमति रहेको बुझिएकोफ छ।
चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।