काठमाडौं- नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रम जारी छ। पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रममा अतिथिहरू पुग्ने क्रम चलिरहेको छ।
चियापान कार्यक्रममा कांग्रेसका, कांग्रेस बाहिरका, स्वदेशी तथा विदेशी पाहुनाहरू पुगेका छन्। उनीहरूलाई पार्टी सभापति शेरबहादुर देउवा लगायतले स्वागत गरिरहेका छन्।
२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदान-प्रदान गर्दै आएको छ।
दिउँसो २ बजे सुरु भएको कार्यक्रम अपराह्न ५ बजेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।