• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ५, २०८०  १३:०४
1140x725

दशैं, तिहार लगायतका महत्त्वपूर्ण चाडपर्वहरु भित्रिसकेका छन्। चाडपर्व मनाउन सर्वसाधारणहरु घर फर्किरहेका छन्। चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरबाही हुनाले विभिन्न रोगहरुको जोखिम हुन्छ। खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ। गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग सुरु भइसकेको छ। यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा.रक्षा गौतमसँग चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र स्वास्थ्यका दृष्टिकोणले के–कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंश:

चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने?
चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरु दशैं तिहारको बीचमा आउने गर्नुहुन्छ। यस्तै, हेभी खाना खाइ अपच भएर, डायरिया भएर आउने बिरामीहरुको संख्या धेरै हुने गर्छ। हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेस्ट्रोलका बिरामीहरु पनि दशैं, तिहार पछाडि आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेस्ट्रोलको मात्रा बढेको हामीले भेट्छौँ। युरिक एसिड बढेको हुन्छ। त्यसैले दशैंमा धेरै माछामासु खाएर आउने बिरामीहरु नै भेटेका छौँ। जसलाई स्वास्थ्य जोखिम भएको छ, उहाँहरुले ठिक्क मात्रामा मात्रै माछा–मासु खानुपर्छ। आवश्यकताभन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ। खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरु खानुपर्छ। 

खाना सँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ। कतिपय घाँटीहरु दुखेका, टन्सिलका बिरामीहरु पनि देख्छौँ। धेरैजसो दही, बाहिरका मिठाइहरु, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरु खाएर आएका बिरामीहरु पनि देखेका छौँ। खाना त खानुपर्छ, तर  चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ। स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन। खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ। चाडपर्व आउँदा धेरै नै खाएको पायौँ। अहिले चाहीँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो। त्यस्तो पनि हामीले देख्छौँ। चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएका बिरामीहरु पनि हामीले भेट्छौँ। त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ।

नियमित औषधि सेवन गरिरहेको बिरामीहरुले के–के कुरामा ख्याल गर्नुपर्छ? 
नियमित औषधि खाने बिरामीहरु मुख्यतः रक्तचाप र सुगर रोग, कोलेस्ट्रोलका बिरामीहरुले औषधि चाहीँ नियमित खानुपर्‍यो। यस्तै कतिपय बिरामीहरु त चिकित्सकको फलोअप (निगरानी)मा नगएको पनि हामीले देखेका छौँ। औषधि पनि नखाने, खाना पनि सन्तुलित रुपमा नखाने गर्दा स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ। दशैं, तिहारको बेला काठमाडौं (आफू बसेको शहर) बाहिर जादैँ हुनुहुन्छ, फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ।

उच्च रक्तचाप, मधुमेह लगायतको समस्या भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि?
माछा मासु खानै नहुने होइन। हामीले कोलेस्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ। तर मासु खाँदै नखाने भन्ने होइन। रातो मासुमा पनि पौष्टिक आहारहरु हुन्छन्। भिटामिन–१२ त्यसमै हुन्छ। खाँदै नखाँदाखेरी कोलेस्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन–१२ डिफिसियन्सी भएर कमजोरी हुन्छ। १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन। रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ। यस्तै, अण्डा, गेडागुडीहरु खान भन्छौँ। माछा–मासु खानै नहुने भन्ने होइन, तर सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ। अहिले केही समययता डेँगुका बिरामीहरु बढेको देखेका छौँ। जाडो महिना आयो, डेंगु लाग्दैन भनेर हेलचेक्र्याइँ भएको हो कि भन्ने मलाई लाग्यो। तर पनि हामीले रुघाखोकीका बिरामीहरु, सिजनल फ्लुका बिरामीहरु अझै पनि भेटिरहेका छौँ। चाडपर्वको मुखमा वृद्धवृद्धाहरु डेंगु भएर आइरहनुभएको छ। डेंगु हुन नदिन मंसिर नलागेसम्म शतर्क हुनुहोस्। कार्तिक महिनाभरी डेंगुको डर छ। त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामीहरु धेरै देखेँ यो समयमा। वार्षिक फ्लू सिजन आउनुभन्दा अगाडि फ्लू भ्याक्सिन लगाएर फ्लूको जोखिमबाट अलिकति जोगाउनुपर्छ। फ्लू भ्याक्सिन सजिलैसँग पाइन्छ। जहाँ गएर लगाउँदा पनि हुन्छ। सामान्य कस्टमा हरेक परिवारले लगाउन मिल्छ। ज्येष्ठ नागरिक, बालबालिकामा पनि यो भ्याक्सिन सुरक्षित छ, फ्लू भ्याक्सिन, निमोनिया भ्याक्सिन। 

Ncell 2
Ncell 2
nimb
nimb

सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढाउँछ।

अस्पतालमा अहिले सरुवा रोगका बिरामीहरुको चाप बढेको हो? 
सरुवा रोगमा फ्लू भएर आउने बिरामीको चाप बढेको छ। हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरु आएर देखिन्थ्यो नि पहिले चार–पाँच वर्ष अगाडि। अहिले इन्फ्लूएन्जामा कडा लक्षणहरु देखिने गरेको छ। उच्च ज्वरो आउने, डेंगुका र इन्फ्लूएन्जाका लक्षणहरु लगभग मेल खाने, बिरामीहरु एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) पनि देखिएको छ। इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो। कति अक्सिजन लगाएर बिरामीहरु आईसीयुमा पनि हुनुहुन्छ। भएको चाहिँ भाइरल निमोनिया नै हो। सुरु भएको त रुघाखोकीबाट नै हो। त्यही नै बिग्रेर निमोनियाका केसेसहरु हामिले देखेका छौँ। सिजनल फ्लू भनेर भन्छौँ नि हामीले, नेपालमा वर्षमा दुई पटक आउँछ। सिजन चेन्ज हुने बेलाको इन्फ्लुएन्जाको संक्रमण भाइरसबाट हुने, यसबाट जोगिनको लागि अब सरकारले पनि अलिकति जोड इन्फ्लुएन्जा भ्याक्सिनमा दिनुपर्ने हो कि जस्तो लाग्छ। अझै पनि मकहाँ आउने बिरामीहरुलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन। म बुझाउन प्रयास गरिरहेको हुन्छु। यो लगाउनुपर्छ भनेर, तर बिरामीहरु कन्फ्युजनमा भएको पाउँछु। हेल्थ प्रोफेसन मात्रै होइन, साधारण जनताले पनि लगाउनुपर्ने बेला आइसकेको छ। संक्रमणको दर बढेको छ। इन्फ्लुएन्जा लागेर, निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हुन्छ। यसपाली भाइरल निमोनियाको केस अलिक धेरै देखेको भएर हजुरहरुलाई अलिकति सुझाव हो।

अहिले डेंगु संक्रमितको संंख्या बढेको छ, यसबाट बच्न के गर्नुपर्ला?
डेंगु संक्रमित हुनेहरुको संख्या बढेको छ। यसमा मुख्यतः लामखुट्टेलाई नै नियन्त्रण गर्नुपर्छ। लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनु हुँदैन। डेंगु लागिसकेपछि के गर्ने? भन्नेकुरा आउँछ। सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा २ घण्टा अगाडि डेंगुका लामखुट्टे एकदमै एक्टिभ हुन्छ भन्छन्। त्यतिबेला आफूलाई जोगाउनुपर्छ। राति भन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाउला भएको कपडा लगाउने, मलमहरु लगाउने, बालबालिकालाई फुल बाउला भएका कपडाहरु लगाइदिएर विद्यालय पठाउने, सकिन्छ भने २४ घण्टा लामखुट्टे धपाउने झुलहरु प्रयोग गर्ने, लामखुट्टेलाई प्रजनन हुन नदिन पानी जमेको ठाउँमा माटोले पुरिदिने गर्नुपर्छ। यस्तै, बाल्टीन,ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ। रुखबिरुवा, झाडीहरु छन् भने काटेर सफा राख्ने। पुरानो टायरहरुमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ। ती पुराना टायरहरुलाई नष्ट गरिदिनुपर्छ। डेंगु सामान्य भाइरल ज्वरो हो। तर यसमा सचेत हुनुपर्छ। आतंकित  हुनुभएन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

डेंगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर घरमा तरल, झोल कुराको मात्रा बढाएर घरमा बसेर आराम गरेर पनि निको पार्न सकिन्छ। सामान्य लक्षण हुनेहरु त अस्पताल आउनु पनि हुँदैन। अहिले त जनचेतना अलिक बढेको छ। टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरु एकदमै दुख्ने, हात गोडाहरुमा बिबिराहरु आउने, नाक, मुखबाट रगतहरु आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता आउने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पतालको सम्पर्कमा आउनुहोला। – न्यूज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्