काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुसालले दूधको कारोबार गर्ने संस्थाले बढीमा एक महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले किसानको दूधको रकम भुक्तानी गर्न बाँकी भएका संस्थाले आफ्नो जायजेथा धितो राखी कर्जा लिएरसमेत तिर्न पहल गरिरहेको बताए।
‘किसानको एक महिनाभन्दा बढी समय बाँकी राख्न हुँदैन। डिडिसि होस या निजी दुधको कारोबार गर्ने संस्थाहरुको जायजेथा धितो राखेर भएपनि ऋण लिई किसानलाई भूक्तानी दिन पहल भइरहेको छ,’ उनले भने।
किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको अन्तरलाई धेरै भएको र त्यो अन्तरलाई कम गर्नसमेत छलफल भइरहेको मन्त्री भुसालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।