काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
११औं महाधिवेशनका लागि श्रेष्ठले सोमबार अध्यक्ष पदमा उमेम्दवारी दर्ता गराएका हुन्। उनले पदाधिकारीका अन्य उम्मेदवारसहित सोल्टी होटलमा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्।
भोलि (मंगलबार)देखि काठमाडौंमा एनआरएनएको ११औं महाधिवेशन हुँदैछ। एनआरएनका वर्तमान उपाध्यक्षसमेत रहेका श्रेष्ठले यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका नेपालीहरूको भावना विभाजित भएको र कामभन्दा कुरा बढी गर्नेहररूको हावी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न आफूले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन्।
यसअघि अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा बद्री केसी, वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले उम्मेदवारी दर्ता गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।