एजेन्सी– उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी)को इक्वेटुर प्रान्तस्थित कंगो नदीमा डुंगा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ।
दुर्घटनास्थलको निरीक्षण गरेका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्य जारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने बताएका छन्।
प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा कंगो नदीको बन्दरगाह सहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटरभन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको थियो।
प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार अत्यधिक भारका कारण डुंगा पल्टिएको तर डुंगामा सवार यात्रुको संख्या भने अज्ञात रहेको बताइएको छ ।
विशेष गरी कंगो नदीमा अत्यधिक भार र डुंगाहरुको खराब अवस्थाका कारण अधिकांश दुर्घटना हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।