काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको सरकारको आयु दुई महिना मात्र रहेको बताएका छन्। उनले कोशी प्रदेशको घटना संघीय सरकारको हेराफेरसम्म पुग्ने सम्भावना रहेको बताए।
‘अहिले जुन स्थिति कोशी प्रदेशमा देखापरेको छ। यसले के संकेत गरिरहेको छ भने, एकदुई महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणतर्फ जान्छ भन्ने मैले देखिरहेको छु। मंसिर महिनाभित्र, यो सरकारको आयु दुई महिना राखिदिए हुन्छ भन्नेमा छु’, आइतबार रामेछाप–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने।
उनले दुई महिनापछि स्थिति नयाँ ढंगले जाने बताए। आफूले केही सूचना, केही तथ्य र केही विश्लेषणको आधारमा त्यसो भनेको उनको दाबी छ।
पाण्डेले अहिले गठबन्धनभित्र खड्गो परिरहेको बताए। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेता शेखर कोइरालाबीचको एक बुँदे सहमतिलाई आत्मसन्तुष्टि मात्रै भएको बताए।
कोशी प्रदेशमा एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसले गठबन्धनभित्र आशंका उत्पन्न गरिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।